नेप्सेमा ३०.४३ अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो « Khabarhub

नेप्सेमा ३०.४३ अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा रोकिएको परिसूचक आज ३०.४३ अङ्कले घट्दै दुई हजार ५४१.८३ मा आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचकका साथै कारोबार रकमसमेत घटेको छ । आज २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर रु दुई अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ मा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन नेप्सेमा २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर रु चार अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ मूल्यमा खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार अघिल्लो कारोबार दिनका तुलनामा आजको बजार १.१८ प्रतिशतले घटेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३ अङ्कले ओरालो लाग्दै ४७४.०९ मा आएको छ । जुन अघिल्लो कारोबार दिनका तुलनामा १.११ प्रतिशतले घटी हो ।

सबै उपसमूहका शेयर मूल्यमा गिरावट

नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहका शेयर मूल्य घटेका छन् । आज बैंकिङ ८.६३, व्यापार ६०.५८ होटल तथा पर्यटन २४.४१., विकास बैंक ७५.०९, जलविद्युत् २४.३, वित्त ४९.०५, निर्जीवन बीमा २५२.४९, उत्पादन ८४.८७, अन्य ४३.३६, लघुवित्त ४०.४८, जीवन बीमा ३४२.०६, सामूहिक लगानी कोष ०.०८ र लगानी ०.९३ अङ्कले ओरालो लागेका छन् ।

आजको बजारमा कारोबारका आधारमा जीवन विकास लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा छ । यो कम्पनीको रु २२ करोड २४ लाख ७० हजार ३६७ मूल्य बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु नौ करोड ३० लाख २३ हजार ११६, हिमालयन डिष्ट्रिलरी लिमिटेडको रु छ करोड आठ लाख ७९ हजार ३४३, नेपाल लाइफ इन्सुरेन्सको रु पाँच करोड ७७ लाख ८६ हजार ८५० र लाइफ इन्सुरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको रु पाँच करोड ६५ लाख ३१ हजार २४४ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

राष्ट्रउत्थान लघुवित्त संस्था १० प्रतिशतले बढ्दै सकारात्मक सर्किटमा कारोबार भएको बजारमा इमर्जिङ् नेपाल लिमिटेडको ९.९९ प्रतिशतले र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थको ६.१ प्रतिशतले बढेका छन् । त्यस्तै, ङादी ग्रुप पावर लिमिटेडको २.२९ प्रतिशतले शेयर मूल्य बढेको छ । आइसिएफसी फाइनान्स कम्पनीको शेयर मूल्य भने ४.८२ प्रतिशले घटेको छ । सानिमा लाइफ इन्सुरेन्स ४.५२ प्रतिशतले, ज्योति लाइफ इन्सुरेन्स ४.४५ प्रतिशतले, ग्रीनलाइफ हाइड्रोपावर ४.३८ प्रतिशतले र प्रुडेन्सीयल इन्सुरेन्स कम्पनीको शेयर मूल्य ४.३२ प्रतिशतले घटी शीर्ष पाँचमा परेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ४ : ४१ बजे

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा

कप्तानगञ्ज तनाव साम्य बन्दै, छानबिन टोली घटनास्थलमा

काठमाडौं– सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न भएको तनाव अहिले साम्य

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।