ओटीटीमा रिलिज हुँदै प्रभास र पुजाको ‘राधे श्याम’ « Khabarhub

ओटीटीमा रिलिज हुँदै प्रभास र पुजाको ‘राधे श्याम’


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउथ इन्डियन अभिनेता प्रभास बाहुबली सिरिज मार्फत चर्चामा आए । दुई भागमा आएको बाहुबलीले प्रभासलाई साउथ इन्डियामा मात्र सीमित राखेन। त्यसपछि उनी भारतसँगै एसियाकै ठूला स्टार मध्ये एक बने । उनको क्रेज बढ्नुको कारण उनकै फिल्म र अभिनय थियो । प्रभास अभिनीत फिल्म ’राधेश्याम’ प्रदर्शन भएको पछिल्लो फिल्म हो । बाहुबली सिरिजमा देखिएको कमाल यस फिल्ममा देखिएन ।

उनको पछिल्लो फिल्म ‘साहो’ झैँ हिन्दीमा समेत निर्माण गरिएको फिल्ममा प्रभासले डायलग पनि राम्रै बोल्न सकेका छैनन् । कोरोना महामारीका कारण दुई पटक डेट सरेको फिल्मले थियटर रिलिजमा राम्रो कलेक्सन गर्न नसकेपछि ओटीटीमा रिलिज हुने भएको छ । फिल्मलाई अमेजन प्राइम भिडियोमा दर्शकले आउँदो अप्रिल १ बाट हेर्न पाउनेछन् ।

फिल्मलाई हिन्दी बाहेक तामिल, तेलुगु , मलयालम र कन्नड भाषामा रिलिज गरिने जनाइएको छ । प्रभास अभिनीत फिल्म ‘राधेश्याम’ मा उनको को–स्टार छिन् पुजा हेगड़े । भाग्य र मायाको लडाईलाई प्रस्तुत गरिएको फिल्म प्रभास र पुजाकै आसपासमा घुमेको छ । फिल्ममा पुरानै कथालाई प्रस्तुत गरिएकै कारण दर्शकले राम्रो फिडब्याक दिएनन् । ४ सय करोडको हाराहारीमा निर्माण गरिएको फिल्मलाई राधाकृष्ण कुमारले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : ४५ बजे

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित