आफ्नो न्वारनको नाम सुर्जेकुमारी रहेको करिश्माको भनाइ « Khabarhub

आफ्नो न्वारनको नाम सुर्जेकुमारी रहेको करिश्माको भनाइ


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत साता एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आज पहिलोपटक पार्टीको आसभामा भाषण गरेकी छन् । उनले कपिलवस्तुमा अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा बोल्ने अवसर दिएकोमा आभार प्रकट गरेकी हुन्।

भाषणको सुरुमा मञ्चमा आसिन पार्टीका नेताहरूलाई सम्बोधन गर्दै उनले भनिन्-‘एमालेमा म एउटा नयाँ मान्छे हो । भर्खर छिरेको मान्छेलाई बोल्न अघि सार्नु भएकोमा धन्यवाद । यहाँबाट थाहा हुन्छ, यो पार्टीको हृदय कति विशाल छ भनेर । यहाँ नयाँहरुलाई मौका दिइन्छ । यहाँ महिलाहरूलाई मौका दिइन्छ । त्यसैले पनि नेकपा एमाले बनेको रहेछ, ‘आइ एम क्वाइट इम्प्रेस्ड ।’

त्यस्तै विगतमा जहाँ-जहाँ भौतारिए पनि आज बुझ्ने भएपछि बल्ल सही ठाउँमा आइपुगेको उनले बताइन् । भाषणको क्रममा अन्त्यमा उनले एउटा नयाँ कुराको खुलासा पनि गरिन् ।

उनले भनिन्- ‘एउटा कुरा रिभिल गरिदिउँ जस्तो लाग्यो, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है ।’ भाषणको अन्त्यमा करिश्माले नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद, भोट केमा सूर्यमा भन्दै नारावाजी समेत गरेकी थिइन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : ४७ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ