मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन « Khabarhub

मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– मोदी–लेखनाथ विद्युत प्रशारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन गरिएको छ ।

सोमबार कास्कीको लह चोकमा भारत सरकारको ऋण सहयोगमा निर्मित मोदी–लेखनाथ विद्यु्त प्रशारण लाइन तथा सबस्टेशन परियोजनाअन्तर्गतका तीन वटा सबस्टेसनहरूको उद्घाटन गरिएको हो ।

भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा यी सबस्टेसनहरूको निर्माण गरिएको हो ।

मोदी–लेखनाथ परियोजनाअन्तर्गत ४२ किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण भएको छ भने नयाँ मोदी, लह चोक र लेखनाथमा सबस्टेसनहरूको निर्माण गरिएका छन् ।

भारतको एक्जिम बैंकको आर्थिक सहयोगअन्तर्गत भारतको केपीटीएल लिमिटेडले र एबीबीले यस परियोजनाको निर्माण गरिरहेका छन् । परियोजनाअन्तर्गतको सबस्टेसन प्याकेजको निर्माण सम्पन्न भएको छ भने प्रसारण लाइनको निमाँण चाँडै सकिने जनाइएको छ ।

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले यो परियोजनाको उद्घाटन गरिन् ।

भारतीय पक्षको तर्फबाट भारतीय विदेश मन्त्रालयका सहसचिव श्रीधरण मधुसूधनन नेतृत्वको टोलीलगायत विदेश मन्त्रालय, एक्जिम बैंक र भारतीय राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो ।

भारत–नेपाल उर्जा सहकार्य अन्तर्गत विद्युत परियोजनाको विकास, सीमापार एवम् नेपालभित्रका प्रसारण लाइनको निर्माण र उर्जा व्यापार पर्दछन् ।
ऋण सहयोगअन्तर्गत मोदी–लेखनाथ परियोजनाका अतिरिक्त भारत सरकारले नेपाललाई चारवटा प्रसारण लाइन र सबस्टेसन परियोजनाको निर्माणमा सहयोग गरेको छ ।

ती परियोजनाहरूमा २२० केभीको कोशी कोरिडोर, १३२ केभीको सोलु कोरिडोर र ४०० केभी मुजफ्फरपुर–ढल्केवर अन्तरदेशीय प्रसारण लाइनको ढल्केवर–भिठ्ठामोड खण्ड रहेका छन् ।

छिमेकी पहिलो नीति अनुरूप सीमापार आर्थिक कनेक्टिभिटिलाई सुदृढ बनाउन भारतले गरेको प्रयासमा यस परियोजनाले थप सघाउ पुर्‍याउनेछ । 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : ३४ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ