अक्षयको फिल्म हलमा नभई ओटीटीमा रिलिज हुने | Khabarhub Khabarhub

अक्षयको फिल्म हलमा नभई ओटीटीमा रिलिज हुने


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– बलिउड अभिनेता अक्षय कुमार अभिनीत पछिल्लो फिल्म ‘बच्चन पाण्डे’ असफल रह्यो ।

त्यसअघि रिलिज भएको ‘द कश्मीर फाइल्स’ को कारणले अक्षयको फिल्मको कलेक्सन पचास करोडमै रोकियो । त्यसपछि रिलिज भएको फिल्म ‘आरआरआर’ ले फिल्मलाई हलमा बाँकी नै रहन दिएन ।

यी यस्तै कारणले हाइप ठीकठाक हुँदा हुँदै पनि फिल्म फ्लप भयो ।

यसैकारण हुन् सक्छ अक्षयको नेक्स्ट फिल्म डिरेक्ट ओटीटीमा रिलिज हुने भएको छ । अक्षय अभिनीत फिल्म ‘मिशन सिन्ड्रेला’ ओटीटी प्लेटफर्म डिज्नेप्लस हटस्टारमा प्रिमियर हुनेछ ।

फिल्मलाई आउँदो अप्रिलमा प्रिमियर गर्ने निर्माण पक्षले निर्णय गरेका छन् । रञ्‍जित एम तिवारी निर्देशित फिल्म ‘मिशन सिन्ड्रेला’ मा अक्षयसँगै राकुल प्रीत सिंह , गुरप्रीत सिंह, सर्गुन मेहतालगायतको अभिनय रहेको छ ।

फिल्मको बजेट एक सय ७५ करोड भनिएको छ । भारतीय मिडियाले फिल्मलाई डिज्नेप्लसले दुई सय करोड दिएको उल्लेख गरेको छ । फिल्म आउँदो महिना अप्रिल २९ मा प्रिमियर गर्ने तयारी डिज्नेप्लसले गरेको छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ११ : ५० बजे

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ