आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी र प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको आँकलन गरिएको छ ।

शुक्रबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ६ : ३२ बजे

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत