गठबन्धनको राजनीति- उपलब्धि कि अराजकता ? | Khabarhub Khabarhub

गठबन्धनको राजनीति- उपलब्धि कि अराजकता ?


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निर्वाचन हुने कि नहुने उकुसमुकुस अन्त भएर स्थानीय निकायका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएर औपचारिक प्रतिस्पर्धा प्रारम्भ भएको छ। आरोप प्रत्यारोप, कटाक्ष, चुट्किलालगायत विभिन्न टिप्पणी गरे पनि प्रायजसो सबै प्रमुख राजनीतिक दलबीच गठबन्धन कायम भएको छ। सुरुआतमा दाबी गरिए जस्तो सत्तारुढ र प्रतिपक्षको दुई फरकफरक समूह बन्न सकेन। केही महानगर र उपमहानगरबाहेक अन्य ठाउँमा नेतृत्वको निर्देशन कायम रहेको देखिन्न।

निर्वाचन प्रयोजनको लागि दर्ता प्रक्रियाको क्रममा प्राप्त जानकारीअनुसार काङ्ग्रेस, एमाले, माओवादी, जसपा, लोसपा, राप्रपालगायत सबै दलबीच गठबन्धन भएको छ। यहाँसम्म कि झापाको दमकमा राजावादी राप्रपालाई सघाउदै माओवादीले गठबन्धन बनाएको रोचक दृश्य पनि देख्न पाइएको छ। गठबन्धनबाट असन्तुष्ट भएर दल त्याग गर्नेको प्रदर्शन पनि अनौठो रह्यो। बाजागाजा र दलबलसहित आफ्नो पार्टीको झण्डा ब्यानर बोकेर उत्साह देखाउदै नामांकन गर्ने निर्वाचन कार्यालय पुगेका नेतालाई पार्टीको औपचारिक पत्र (टिकट) नपाइने अवस्था हुँदा तत्क्षण अर्को पार्टीबाट उम्मेदवार बनेको रमिता पनि देखियो। सिद्धान्त र दर्शनका साथै पार्टीप्रति लामो प्रतिबद्ध रहनुपर्ने अनिवार्य शर्त तेर्साउदै आएका ठूला दलसमेतले नव आगन्तुक व्यक्तिलाई तत्कालै औपचारिक उम्मेदवार बनाउन हिचकिचाहट देखाएनन्।

सुरुआतमा दाबी गरिए जस्तो सत्तारुढ र प्रतिपक्षको दुई फरकफरक समूह बन्न सकेन। केही महानगर र उपमहानगरबाहेक अन्य ठाउँमा नेतृत्वको निर्देशन कायम रहेको देखिन्न।

दुई दिने दर्ता प्रक्रिया सम्पन्न नभएसम्म कतिपय ठाउँबाट कुन पार्टीको उम्मेदवार हुने कुरालाई यकिन गर्न सकिने अवस्था थिएन। अहिलेसम्मको विवरण हेर्दा विद्रोही र स्वतन्त्र उम्मेदवारको लामो लाइन रहेको देखिन्छ। जसका कारण दलबाट राष्ट्रिय स्तरमा जारी गरिएको घोषणापत्र अप्रासंगिक र अर्थहीन बन्न पुगेको छ। आफ्नो घोषणापत्रमार्फत् आलोचित दलसँग गठबन्धन गरेर उम्मेदवारी दिनुले दलको कमजोर व्यवस्थापनलाई उजागर गरेको छ।

गठबन्धन सरकार र गठबन्धनको राजनीति समकालीन विश्वमा लगभग सर्वत्र रहेको देखिन्छ। एसिया महादेशमा चीन, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, फिलिपिन्स, इन्डोनेसिया, जापान र नेपाललगायत लगभग सबै देशले आंशिक वा पूर्णतः गठबन्धन राजनीतिलाई स्वीकार गरेको देखिन्छ। चीनमा एकदलीय कम्युनिष्ट शासन व्यवस्था भए पनि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा युनाइटेड फ्रन्टको गठबन्धन सरकार चलाइएको छ।

सिद्धान्त र दर्शनका साथै पार्टीप्रति लामो प्रतिबद्ध रहनुपर्ने अनिवार्य शर्त तेर्साउदै आएका ठूला दलसमेतले नव आगन्तुक व्यक्तिलाई तत्कालै औपचारिक उम्मेदवार बनाउन हिचकिचाहट देखाएनन्।

भारतीय राजनीतिमा सन् १९७७ ताका तत्कालीन प्रधानमन्त्री स्वर्गीय इन्दिरा गान्धीले लगाएको आपतकालविरुद्ध जनता पार्टी गठन हुँदा वास्तवमा त्यो गठबन्धन नै थियो। पछि काङ्ग्रेसको नेतृत्वमा युनाइटेड प्रोग्रेसिभ एलाइन्स र भारतीय जनता पार्टीको नेतृत्वमा नेशनल ड्यामोक्रेटिक एलाइन्स नामक दुई वटा प्रमुख गठबन्धन बने । जुन यथावत कायम छ।

नेपालको राजनीतिमा गठबन्धन वा संयुक्त सरकारको अभ्यास २००७ सालबाट प्रवेश गरेको पाइन्छ। राणाशासनको अन्त्य भएपछि बनेको पहिलो सरकारलाई राणा प्रधानमन्त्रीले नेतृत्व गरेका थिए । जसमा तत्कालीन विद्रोहको नेतृत्वकर्ता नेपाली काँग्रेसलाई सहभागी भएको थियो। पछिल्लो समयमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना पश्चात राप्रपा–एमाले र राप्रपा कांग्रेस गठबन्धनका सरकार बने। वर्तमान समयमा नेपाली काङ्ग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन सरकार गठन भएर सञ्चालनमा छ।

संसदीय निर्वाचनमा तत्कालीन एमाले र माओवादीबीच गठबन्धन गरेर पार्टी एकीकरण गर्ने बाचासहित ठूलो जनमत प्राप्त गरेर नेकपा सरकार गठन भएको थियो । जुन आपसी मतभेद र आन्तरिक सन्तुलन मिलाउन नसकेर पार्टी विभाजित भयो । अहिले एमाले, माओवादी र नेकपा (एकीकृत समाजवादी) को रुपमा स्थापित छन्। जसमध्ये एमाले प्रतिपक्षमा छ भने बाँकी दुई दल सत्ता सहयात्री बनेका छन्।

संसदीय निर्वाचनमा तत्कालीन एमाले र माओवादीबीच गठबन्धन गरेर पार्टी एकीकरण गर्ने बाचासहित ठूलो जनमत प्राप्त गरेर नेकपा सरकार गठन भएको थियो । जुन आपसी मतभेद र आन्तरिक सन्तुलन मिलाउन नसकेर पार्टी विभाजित भयो ।

अत्यन्त कटुतापूर्ण वक्तव्य र आरोप प्रत्यारोपसहित अहिले यी वामपन्थी दलबीच दैनिक कटाक्ष प्रदर्शनको क्रम जारी छ। यति हुँदाहुदै पनि स्थानीय स्तरको राजनीतिक परिवेश अनुसार नीति, सिद्धान्त र वैचारिक आधार त्यागेर तत्काल लाभान्वित हुने अपेक्षाअनुसार रोचक गठबन्धन पनि बनाइएको छ। एकातर्फ घोषणापत्रमार्फत् आफूलाई मात्र सही देखाउन खोजेको छ भने त्यही घोषणापत्रमा गलत ठहर्याई सकेको दललाई सहयात्री बनाइएको छ। अर्थात् जनतालाई वास्तवमा के सन्देश दिन खोजेको हो त्यो नै प्रष्ट छैन।

अहिलेसम्म प्राप्त जानकारीअनुसार यसरी बन्न पुगेको अनौठो तालमेल अब विस्तारै आफ्नो मार्गचित्र निर्माण गर्नेतर्फ अग्रसर हुँदैछन्। यसले दुई प्रकारका परिदृश्य वा सम्भावनालाई अगाडि सारेको देखिन्छ। जसअनुसार निर्वाचन जित्न पहिलो सातामा गरिने प्रचार प्रसारबाट सन्तुष्ट हुन नसक्ने उम्मेदवारले आफै बनाएको गठबन्धन (प्यानल) लाई झन्झटिलो मान्दै व्यक्तिगत अभियान सञ्चालनको रणनीति अवलम्बन गर्न सक्छन्। यस क्रममा आफूलाई जिताउन जो कसैलाई सहयोगी बनाउने र आफ्नै दलको उम्मेदवारलाई भोट नदिने परिस्थिति सिर्जित हुनसक्छ। यसले दलीय राजनीतिलाई अराजक बनाउने छन, नेतृत्वको नियन्त्रणलाई कमजोर वा समाप्त पार्नेछन्।

आफूलाई जिताउन जो कसैलाई सहयोगी बनाउने र आफ्नै दलको उम्मेदवारलाई भोट नदिने परिस्थिति सिर्जित हुनसक्छ। यसले दलीय राजनीतिलाई अराजक बनाउने छन, नेतृत्वको नियन्त्रणलाई कमजोर वा समाप्त पार्नेछन्।

दोस्रो, यदि दलका कार्यकर्तालाई आफ्नो दलप्रति भावात्मक आवेग उत्पन्न भएको खण्डमा औपचारिक उम्मेदवार प्रतिको ध्रुवीकरण बढ्नसक्छ। दलीय व्यवस्थापनका लागि यो परिस्थितिलाई अनुकूल र सकारात्मक भन्नु पर्दछ। तर, यसको सम्भावना त्यति धेरै देखिन्न। किनभने नेतृत्वको हेपाहा व्यवहार, परिवारवाद र आर्थिक लेनदेनबाट चिढिएका कार्यकर्तालाई आफ्नै नेताप्रति आदरभाव रहेको देखिन्न। त्यसमा पनि सामर्थ्य हुनेलाई प्रमुख दलबाट रातारात दिइएको अवसरका कारण झस्किएका पुराना र निष्ठावान कार्यकर्ताबाट यसबारे आउने प्रतिक्रियाको परिणाम निर्णायक हुनसक्छ।

दोस्रो जनआन्दोलनपछि राजनीतिमा प्रवेश गराइएको अत्यन्त संवेदनशील एवं मर्यादित विचार ‘सहमति र सहकार्य’लाई अहिले प्रहशन बनाइएको देखिन्छ। जनता समक्ष गरिएका वाचालाई ठट्टा बनाइएको छ। सत्ता र प्रतिपक्ष मिलेर सरकार बनाउने चलन बसाइएको छ। नीति, सिद्धान्त र वैचारिक मार्ग चित्रलाई निर्देशक मान्नुपर्ने ठाउँमा सत्ता र भत्ताले निर्णायक भूमिका पाएको छ। राजनीतिलाई सेवा बनाउनुको सट्टा उद्योग मानिएको छ।

नीति, सिद्धान्त र वैचारिक मार्ग चित्रलाई निर्देशक मान्नुपर्ने ठाउँमा सत्ता र भत्ताले निर्णायक भूमिका पाएको छ। राजनीतिलाई सेवा बनाउनुको सट्टा उद्योग मानिएको छ।

नेपालको राजनीति अहिले सर्वाधिक जटिल अवस्थामा पुगेको देखिन्छ। राज्यको महत्वपूर्ण, संवेदनशील र सैद्धान्तिक रुपमा निर्णायक मानिने ठाउँलाई बजारको सिद्धान्त अनुसार खरिद बिक्रीका साधन बनाइएकोले सेवा प्रवाह अवरुद्ध हुँदै गएको छ। स्थानीय निकाय निर्वाचन जित्न उम्मेदवारलाई व्यक्तिगत प्रभावबाट सफलता प्राप्त भयो भने दलीय नेतृत्वका निर्देशन उपेक्षित हुनसक्ने सम्भावना बढ्छ। परिस्थिति अनियन्त्रित र अराजक हुनसक्ने हुँदाहुदै यसभित्र अवसर पनि जुटेको देखिन्छ।

समकालीन राष्ट्रिय राजनीतिमा सबैलाई आ–आफ्नो हैसियत बुझ्न सक्ने अवसर प्राप्त भएको छ। अनावश्यक र अनुपयोगी जमातलाई चिन्न, निषेधको राजनीतिलाई अन्त्य गर्न, सहमति र सहकार्यको दायरालाई फराकिलो बनाउन यसपटकको निर्वाचन परिणामले दिशानिर्देश गर्ने देखिन्छ। त्यसैले अवसरलाई चिनेर सदुपयोग गर्न सके गठबन्धनको राजनीतिले उपलब्धि हासिल गर्नेछन् अन्यथा अराजक अवस्थालाई रोक्न सकिन्न।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ९ : ३५ बजे

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो, १०५ आगलागीका घटना

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका