वालिङमा नगरपालिकामा २५२ जनाको उम्मेदवारी « Khabarhub

वालिङमा नगरपालिकामा २५२ जनाको उम्मेदवारी


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाको वालिङ नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वालिङमा ७२ जनप्रतिनिधिका लागि उनीहरुको उम्मेदवारी परेको हो ।

वालिङ नगरपालिकाका निर्वाचन अधिकृत उदवीर नेपालीका अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन र स्वतन्त्रबाट उम्मेदवारी परेको छ । दलहरुले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नगर प्रमुखमा आठ जनाको उम्मेदवारी परेको छ भने महिलाको सङ्ख्या शून्य छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राप्रपा र मङ्गोल अर्गनाइजेसनबाट एक-एक जना तथा स्वतन्त्रबाट दुई जनाको प्रमुखमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत नेपालीले बताए ।

त्यसैगरी उपप्रमुखमा पाँच महिलाको मात्रै उम्मेदवारी दर्ता भएको छ । चौध वडा रहेको वालिङ नगरपालिकामा वडाध्यक्षमा ५७ पुरुष र दुई महिलाको उम्मेदवारी परेको छ । यस्तै २८ खुला सदस्यमा ८८ पुरुष र पाँच महिला, महिला सदस्यमा ४५ र दलित महिला सदस्यमा ४३ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १० : ५० बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६