रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडान गरिँदै « Khabarhub

रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडान गरिँदै


१५ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अगाडि बढेको छ ।

आयोजनाको अधिकांश संरचना निर्माण भएपश्चात् उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ । राष्ट्रिय गौरवको जलविद्युत् आयोजना छिटो सम्पन्न गराउन कार्यरत प्राविधिक अहोरत्र खटिएका छन् ।

भूमिगत संरचनाबाट निर्माण भइरहेको रसुवागढी आयोजनाको विद्युत्गृहमा जडान हुने तीन टर्वाइनलगायत आवश्यक उपकरण जडानमा भोइथ इण्डिया संलग्न रहेको छ । गत पुसदेखि उक्त कम्पनीले उपकरण जडान थालेको हो ।

एक सय ११ मेगावाट क्षमताको आयोजनाका उपकरण जडान गर्न जिम्मा लिउको भोइथले दैनिक ४६ प्राविधिक परिचालन गरेको छ । दैनिक १२ घण्टा काम हुने गरेको छ । उपकरण जडानको ४० प्रतिशत पूरा भइसकेको छ । उपकरण जडान सम्पन्न गर्न अझै एक वर्ष लाग्ने रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख सत्यराम ज्याख्वले बताए ।

विद्युत्गृह जाने भोटेकोसीस्थित तातोपानीमा पक्की पुलसमेत निर्माण गरी कटान रोक्ने काम अगाडि बढेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वातावरणीय प्रभाव मूल्याङ्कनले तोकेका समुदायमा आधारित कार्यसमेत सु–सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ११ : १५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर