जुनिएर एन्टीआरको वास्तविक नाम तपाईँलाई थाहा छ ? « Khabarhub

जुनिएर एन्टीआरको वास्तविक नाम तपाईँलाई थाहा छ ?


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय साउथ इन्डियन अभिनेताको क्रेज बलिउडसँगै विश्वभर बढ्दो छ ।

 बाहुबली सिरिज र रोबर्ट सिरिज जस्ता फिल्मले बढाइरहेको चर्चालाई पुष्पा, आरआरआर र केजीएफ : च्याप्टर २ जस्ता फिल्मले निकै उचाइमा पुर्‍याइसकेको छ ।

यतिबेला साउथ इन्डियन फिल्मले विश्वभर दर्शक बनाइसकेका छन्। पछिल्लो समय ‘आरआरआर’ मा देखिएपछि हिन्दी भाषाको फिल्म हेर्ने दर्शक माझ पनि जुनिएर एन्टीआरको चर्चा बढ्दो छ । 

बलिउड झैँ साउथका हिरोहरुको परिचय बढ्दो छ। हरेक किसिमका दर्शकलाई फिल्म बनाउन सक्ने भएकोले पनि साउथ लोकप्रियता बढ्दो छ। यिनै जुनिएर एन्टीआरको वास्तविक नाम नन्दमुरी तारक राम राव जुनियर हो। यिनको वास्तविक नाम धेरैलाई थाहा नहुन सक्छ किनकी सबैले थाहा पाएको नाम जुनिएर एन्टीआर हो । यिनले सन् १९९६ मा रिलिज भएको फिल्म रामायण मार्फत अभिनयमा डेब्यु गरेका थिए । 

‘आरआरआर’ को कुराकानी गर्ने हो भने एन्टीआरले फिल्मलाई हिन्दी भाषामा पनि आफैँ डबिङ गरेका थिए। उनले आफ्नो पात्रलाई अन्य भाषामा पनि जीवन्त बनाएको चर्चा चलिनै रहेको छ । यसबीच उनले हिन्दी भाषाको फिल्म गर्ने मनसाय व्यक्त गरेका छन् । ‘मलाई पूर्ण रूपको हिन्दी भाषाको फिल्म गर्न मन छ । किनकी मेरो लागि भाषा कहिले अवरोध बन्दैन’ उनले भने । एन्टीआरले निर्देशक एसएस राजामौलीले आफूलाई भाषामा नभई इमोसनमा काम गर्न सुझाएको समेत बताए । 

‘भाषाले तिमीलाई फरक पार्दैन । किनकी इमोसन जहाँ पनि एकै हुन्छ । त्यसैले भाषालाई इस्यु नबनाऊ । मलाई राजामौलीले भनेका छन्’ एन्टीआरले भने । उनले एक अन्तर्वार्ताको क्रममा आफूलाई बलिउडका दुई निर्देशकसँग काम गर्ने इच्छा रहेको समेत बताएका छन् ।

उनले राजकुमार हिरानीसञ्जय लीला भन्सालीसँग काम गर्ने इच्छा जाहेर गरेका हुन् । ‘मलाई राजकुमारजीको कथा वस्तु निकै मन पर्छ । उहाँले कथा र पात्रलाई दर्शकसँग भावनात्मक रुपमा जोड्नु हुन्छ ।

त्यसैले म उहाँको काम देखि निकै प्रभावित छु’ उनले भने । यस्तै , भन्सालीको भव्य सेट, कथावस्तु चयनले उनलाई प्रभावित बनाएको छ । ‘भन्सालीले छनौट गर्ने विषय र काल्पनिक संसारमा दर्शकलाई जोड्ने कलाको म फ्यान हुँ’ एन्टीआरले अन्तर्वार्ताको क्रममा भने ।

 अब हेरौँ साउथका यी स्टारको इच्छामा बलिउडका दुई धुरन्धर निर्देशक हिरानी र भन्सालीले कस्तो प्रतिक्रिया जनाउँछन् । 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १२ : २७ बजे

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर- जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा