६ वर्षभन्दा मुनिका बालबालिकालाई विद्यालय नपठाउनूः भारतीय सर्वोच्च अदालत | Khabarhub Khabarhub

६ वर्षभन्दा मुनिका बालबालिकालाई विद्यालय नपठाउनूः भारतीय सर्वोच्च अदालत


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको सर्वोच्च अदालतले ६ वर्षभन्दा मुनिका बालबालिकालाई विद्यालय नपठाउन आदेश दिएको छ ।

न्यायाधीश सञ्जय किशन कौल र एमएम सुन्दरेशको इजलासले केन्द्रीय विद्यालयमा कक्षा १ मा विद्यार्थी भर्नाको न्यूनतम उमेर ६ वर्ष पुर्‍याएको छ । यसअघि, न्यूनतम उमेर पाँच वर्ष थियो ।
विद्यालयमा भर्नाका लागि न्यूनतम उमेर ५ बाट ६ वर्ष पुर्‍याउने केन्द्रीय विद्यालय संगठनको निर्णयविरुद्ध अभिभावकहरूले रिट दायर गरेका थिए । यही रिटको सुनुवाइ गर्दै कम उमेरमा विद्यालय नपठाउन अदालतले आदेश दिएको हो ।

कम उमेरमा विद्यालय पठाउनु बालबालिकाको मनोवैज्ञानिक स्वास्थ्यका लागि उचित नहुने अदालतको तर्क छ ।

बालबालिकालाई विद्यालय पठाउन हतार गर्न आवश्यक नभएको भन्ने कुरा असुन्धानहरूबाट पनि खुलेकोसमेत अदालतको जिकिर छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ४ : ४९ बजे

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा