मतदान केन्द्र रहने विद्यालय तीन दिन बन्द गर्न सरकारलाई सिफारिस « Khabarhub

मतदान केन्द्र रहने विद्यालय तीन दिन बन्द गर्न सरकारलाई सिफारिस


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय चुनावको मतदान केन्द्र रहने विद्यालय तीन दिन बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

मतदान केन्द्र तोकिएका विद्यालयहरू वैशाख २८ देखि ३० गतेसम्म बन्द गर्न आयोगले सिफारिस गरेको हो ।

मतादन केन्द्र रहेका विद्यालयहरूमा विद्यार्थीको भौतिक उपस्थिति नगराई वैकल्पिक विधिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र रहेका विद्यालयहरूमा सुरक्षा व्यवस्था, मतदान केन्द्रको व्यवस्थापन लगायतका कार्यका लागि विद्यालय बन्द गर्नुपर्ने देखिएको उनले बताए ।

निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवनहरू तीन दिन उपलब्ध गराउनसमेत सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय भएको छ ।

विद्यालय तीन दिन बन्द रहँदा पठनपाठनमा समस्या हुने देखिए वैकल्पिक व्यवस्था अपनाउन सकिने उनको भनाइ छ । ‘तीन दिन भर्चुअल माध्यमबाट पनि पठनपाठन गराउन सकिन्छ । यसअघि कोरोना महामारीको समयमा भर्चुअल नै पठनपाठन हुँदै आएको थियो,’ अर्यालले भने ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ५ : ४३ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका