गृहमन्त्रीले बागी उम्मेदवारसँग 'डिल' गरेको विषय आयोगको 'नोटिस' मा | Khabarhub Khabarhub

गृहमन्त्रीले बागी उम्मेदवारसँग ‘डिल’ गरेको विषय आयोगको ‘नोटिस’ मा


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँण बागी उम्मेदवारलाई फकाउन आज बिहानै चितवन पुगे । भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडललाई फकाउन गृहमन्त्री खाँण चितवन पुगेका हुन् ।

यसरी उम्मेदवारी दिएको व्यक्तिलाई बहालवाला मन्त्री नै फकाउन पुगेको विषयमा निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त विषय आयोगको नोटिसमा रहेको बताए ।

‘गठबन्धन र त्यस सन्दर्भको कुरालाई लिएर र उहाँहरूको हिसाबमा उठ्न नपर्ने मान्छेहरू उठिदिनुभयो, अप्ठ्यारो भयो भन्ने हिसाबले मन्त्रीज्यूहरु नै गएको भन्ने जुन कुरा छ । पकै पनि आयोगको ध्यानाकर्षण भएको छ’, सहायक प्रवक्ता अर्यालले भने, ‘पब्लिक पोस्ट र पब्लिक रिसोर्सिजमा पब्लिक रेस्पोन्सिबिलिटी हुन्छ । त्यो हिसाबले हाम्रो आचारसंहिताले त्यो खालको अपेक्षा गर्दैन । यसबारे आयोगले थप निर्णय गर्नेछ ।’

बहालवाला मन्त्री नै उम्मेदवारी फिर्ता लिन लगाएको विषय निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ६ : ०२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग