प्रतिवेदन भन्छ- ‘संरचनागत कमजोरीका कारण अफगान सुरक्षा फौज असफल’ « Khabarhub

प्रतिवेदन भन्छ- ‘संरचनागत कमजोरीका कारण अफगान सुरक्षा फौज असफल’


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संरचनागत कमजोरीका कारण अफगानिस्तानको सुरक्षा फौजले तालिबानको आक्रमण सामना गर्न असफल भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

नेदरल्याण्ड्समा आधारित युरोपियन फाउण्डेसन फर साउथ एसियन स्टडिज नामक संस्थाले यस्तो नतिजासहित प्रतिवेदन सार्वजनिक गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रतिवेदनमा ‘भुताहा (सरकारी प्रणालीमा दर्ता भएका तर वास्तविकतामा भने अस्तित्वमा नरहेका) सैनिक’ जस्ता कारणले अफगानिस्तानको राष्ट्रिय रक्षा बल असफल भएको जनाइएको छ ।

यसबाहेक तत्कालीन अफगान सरकारका प्रायः सबै क्षेत्रमा व्याप्त भ्रष्टाचारले गर्दा पनि अफगान फौजले तालिबानको सामना गर्न नसकेको प्रतिवेदनमा जनाइएको छ ।

यसबाहेक प्रतिवेदनमा सैनिकलाई अपर्याप्त तालिम दिइएकाले पनि अफगान फौज असफल हुन पुगेको जनाइएको छ ।

गत वर्षको अगष्ट महिनामा तालिबानले अमेरिका समर्थित तत्कालीन अफगान सरकारलाई अपदस्थ गरी सत्ता हत्याएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ६ : १९ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल