प्रतिवेदन भन्छ- ‘संरचनागत कमजोरीका कारण अफगान सुरक्षा फौज असफल’ « Khabarhub

प्रतिवेदन भन्छ- ‘संरचनागत कमजोरीका कारण अफगान सुरक्षा फौज असफल’


१५ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संरचनागत कमजोरीका कारण अफगानिस्तानको सुरक्षा फौजले तालिबानको आक्रमण सामना गर्न असफल भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

नेदरल्याण्ड्समा आधारित युरोपियन फाउण्डेसन फर साउथ एसियन स्टडिज नामक संस्थाले यस्तो नतिजासहित प्रतिवेदन सार्वजनिक गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रतिवेदनमा ‘भुताहा (सरकारी प्रणालीमा दर्ता भएका तर वास्तविकतामा भने अस्तित्वमा नरहेका) सैनिक’ जस्ता कारणले अफगानिस्तानको राष्ट्रिय रक्षा बल असफल भएको जनाइएको छ ।

यसबाहेक तत्कालीन अफगान सरकारका प्रायः सबै क्षेत्रमा व्याप्त भ्रष्टाचारले गर्दा पनि अफगान फौजले तालिबानको सामना गर्न नसकेको प्रतिवेदनमा जनाइएको छ ।

यसबाहेक प्रतिवेदनमा सैनिकलाई अपर्याप्त तालिम दिइएकाले पनि अफगान फौज असफल हुन पुगेको जनाइएको छ ।

गत वर्षको अगष्ट महिनामा तालिबानले अमेरिका समर्थित तत्कालीन अफगान सरकारलाई अपदस्थ गरी सत्ता हत्याएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ६ : १९ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस