सुहानाले मागिन् माफी « Khabarhub

सुहानाले मागिन् माफी


१५ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री सुहाना थापाले यौनिक अल्पसङ्ख्यकसँग माफी मागेकी छिन्।

 उनले सामाजिक सञ्जाल यौनिक अल्पसङ्ख्यकलाई लामो चिठ्ठी लेख्दै यौनिक अल्पङ्ख्यकलाई मजाकको विषय बनाउने आफूहरूको उद्देश्य नभएको बताएकी छिन् । उनले तीनै शृङ्खलाको उदाहरण दिँदै गल्ती भएको र आगामी फिल्ममा यस्ता गल्ती नदोहोर्‍याउने बाचा समेत सामाजिक सञ्जाल मार्फत गरेकी छिन् । 

‘यौनिक अल्पसङ्ख्यकलाई सुन्ने र संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेकोमा म र मेरो टिमको तर्फबाट माफी चाहन्छु। यौनिक अल्पसंख्यक शिव पार्वतीको रूप हो भन्ने हाम्रो विश्वासका कारण पनि हामीले फिल्ममा यस्ता चरित्रलाई स्थान दिँदै आएका हौँ,’ उनले लेखेकी छिन्, ‘ यो कुरामा हामी चुकेका छौँ तर आगामी दिनमा सच्याउने वाचा गर्दछौँ ।’

‘ए मेरो हजुर’ का तीनै शृङ्खलामा यौनिक अल्पसङ्ख्यकले कथामा ठाउँ पाउँदै आएका छन् । तर पर्दामा देखिने यो समुदायलाई असंवेदनशील तरिकाले प्रस्तुत गरिएको भन्दै सुरुदेखि नै आलोचना हुँदै आएको थियो । अभिनेत्री र फिल्मको निर्माताको रुपमा सुहानाले माफी मागेकी हुन् । फिल्म सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।  

फिल्म मार्फत सुहानाले प्रशंसा बटुलेकी छिन् । उनको अभिनयलाई फिल्म हेर्ने अधिकांशले तारिफ गरेका छन् । फिल्ममा अनमोल केसी पनि छन् । 

पछिल्लो सिरिजबाट दर्शकले अनमोल र सुहानाको जोडीलाई पर्दामा देख्दै आइरहेका छन् । फिल्मलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ६ : २२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२