सुहानाले मागिन् माफी « Khabarhub

सुहानाले मागिन् माफी


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री सुहाना थापाले यौनिक अल्पसङ्ख्यकसँग माफी मागेकी छिन्।

 उनले सामाजिक सञ्जाल यौनिक अल्पसङ्ख्यकलाई लामो चिठ्ठी लेख्दै यौनिक अल्पङ्ख्यकलाई मजाकको विषय बनाउने आफूहरूको उद्देश्य नभएको बताएकी छिन् । उनले तीनै शृङ्खलाको उदाहरण दिँदै गल्ती भएको र आगामी फिल्ममा यस्ता गल्ती नदोहोर्‍याउने बाचा समेत सामाजिक सञ्जाल मार्फत गरेकी छिन् । 

‘यौनिक अल्पसङ्ख्यकलाई सुन्ने र संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेकोमा म र मेरो टिमको तर्फबाट माफी चाहन्छु। यौनिक अल्पसंख्यक शिव पार्वतीको रूप हो भन्ने हाम्रो विश्वासका कारण पनि हामीले फिल्ममा यस्ता चरित्रलाई स्थान दिँदै आएका हौँ,’ उनले लेखेकी छिन्, ‘ यो कुरामा हामी चुकेका छौँ तर आगामी दिनमा सच्याउने वाचा गर्दछौँ ।’

‘ए मेरो हजुर’ का तीनै शृङ्खलामा यौनिक अल्पसङ्ख्यकले कथामा ठाउँ पाउँदै आएका छन् । तर पर्दामा देखिने यो समुदायलाई असंवेदनशील तरिकाले प्रस्तुत गरिएको भन्दै सुरुदेखि नै आलोचना हुँदै आएको थियो । अभिनेत्री र फिल्मको निर्माताको रुपमा सुहानाले माफी मागेकी हुन् । फिल्म सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।  

फिल्म मार्फत सुहानाले प्रशंसा बटुलेकी छिन् । उनको अभिनयलाई फिल्म हेर्ने अधिकांशले तारिफ गरेका छन् । फिल्ममा अनमोल केसी पनि छन् । 

पछिल्लो सिरिजबाट दर्शकले अनमोल र सुहानाको जोडीलाई पर्दामा देख्दै आइरहेका छन् । फिल्मलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ६ : २२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार