अवतारको सिक्वेल ‘द वे अफ वाटर’ « Khabarhub

अवतारको सिक्वेल ‘द वे अफ वाटर’


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमै सबैभन्दा धेरै कमाइ गर्ने हलिउड फिल्म ‘अवतार’ को दोस्रो सिक्वेल आगामी पुस १ गते नेपालमा रिलिज हुने भएको छ ।

 विश्वकै प्रतीक्षित फिल्मको शृंखला १३ वर्षपछि नेपालमा रिलिज हुन लागेको हो । हलिउडको लोकप्रिय फिल्मको लिस्टमा अगाडि आउने नाम हो  ‘अवतार’ । यस फिल्मले गरेको कमाइ आफैँमा रेकर्ड बन्यो । फिल्मले बक्स अफिसमा गरेको कमाइ त प्रशंसा योग्य भयो नै यसको विषयवस्तुले पनि उत्तिकै चर्चा पायो । सन् २००९ को डिसेम्बरमा रिलिज भएको फिल्मले २.८ बिलियन बराबरको ब्यापार गरेर रेकर्ड बनाएको थियो ।

पछिल्लो समय हलिउड फिल्म र विशेषगरी सुपर हिरोको विषयमा बनेका फिल्महरु दर्शकको रोजाईमा पर्ने गरेको देखेपछि अवतार निर्माण कम्पनी डिज्नीले पनि महत्वपूर्ण केही फिल्मको निर्माण घोषणा गरेको थियो । घोषित फिल्मको लिस्टमा प्रतीक्षित फिल्म ’अवतार’ को मात्र ४ सिरिज छन् । कोरोना भाइरसको महामारीका कारण रिलिजमा ढिलाई भएको फिल्म ’अवतार २’ का सिरिजहरुलाई दर्शकले लगातार हेर्न पाउने छन् । सन् २००९ मा हेरिएको अवतारको सिक्वेल सन् २०२२ को डिसेम्बर १६ मा हेर्न पाउने छन् । डिज्नीले नेपाल र भारतमा फिल्मलाई एकसाथ प्रदर्शन गर्न लागेको हो । 

जेस्म क्यामरुनकै निर्देशनमा बन्ने यो फिल्म हलिउड प्रेमी दर्शकका लागि प्रतीक्षित छ । विशेष त अवतारमै उठान गरेको विषयका कारण निर्देशक क्यामरुनले चर्चा पाएका थिए । प्रदर्शकहरूको व्यापार मेला सिनेमांकन समारोहमा फिल्मको शीर्षक, लोगो र केही फुटेज सार्वजनिक गरिएको छ । ‘अवतार २’ को शीर्षक ‘अवतार : द वे अफ वाटर’ राखिएको छ । फिल्म यसैवर्ष रिलिज हुने भएकाले पनि विस्तारै दर्शक माझ प्रचारप्रसार गर्ने तयारीमा डिज्नी रहेको द हिन्दुमा उल्लेख छ ।

सन् २००९ देखि सन् २०२२ सम्म सिक्वेल हेर्न पर्खिएका दर्शकले अब भने यसको अन्य सिरिजहरु २ वर्षको अन्तरालमा हेर्न पाउने घोषणा निर्माण कम्पनीले गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ६ : ५२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा