अवतारको सिक्वेल ‘द वे अफ वाटर’ | Khabarhub Khabarhub

अवतारको सिक्वेल ‘द वे अफ वाटर’


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमै सबैभन्दा धेरै कमाइ गर्ने हलिउड फिल्म ‘अवतार’ को दोस्रो सिक्वेल आगामी पुस १ गते नेपालमा रिलिज हुने भएको छ ।

 विश्वकै प्रतीक्षित फिल्मको शृंखला १३ वर्षपछि नेपालमा रिलिज हुन लागेको हो । हलिउडको लोकप्रिय फिल्मको लिस्टमा अगाडि आउने नाम हो  ‘अवतार’ । यस फिल्मले गरेको कमाइ आफैँमा रेकर्ड बन्यो । फिल्मले बक्स अफिसमा गरेको कमाइ त प्रशंसा योग्य भयो नै यसको विषयवस्तुले पनि उत्तिकै चर्चा पायो । सन् २००९ को डिसेम्बरमा रिलिज भएको फिल्मले २.८ बिलियन बराबरको ब्यापार गरेर रेकर्ड बनाएको थियो ।

पछिल्लो समय हलिउड फिल्म र विशेषगरी सुपर हिरोको विषयमा बनेका फिल्महरु दर्शकको रोजाईमा पर्ने गरेको देखेपछि अवतार निर्माण कम्पनी डिज्नीले पनि महत्वपूर्ण केही फिल्मको निर्माण घोषणा गरेको थियो । घोषित फिल्मको लिस्टमा प्रतीक्षित फिल्म ’अवतार’ को मात्र ४ सिरिज छन् । कोरोना भाइरसको महामारीका कारण रिलिजमा ढिलाई भएको फिल्म ’अवतार २’ का सिरिजहरुलाई दर्शकले लगातार हेर्न पाउने छन् । सन् २००९ मा हेरिएको अवतारको सिक्वेल सन् २०२२ को डिसेम्बर १६ मा हेर्न पाउने छन् । डिज्नीले नेपाल र भारतमा फिल्मलाई एकसाथ प्रदर्शन गर्न लागेको हो । 

जेस्म क्यामरुनकै निर्देशनमा बन्ने यो फिल्म हलिउड प्रेमी दर्शकका लागि प्रतीक्षित छ । विशेष त अवतारमै उठान गरेको विषयका कारण निर्देशक क्यामरुनले चर्चा पाएका थिए । प्रदर्शकहरूको व्यापार मेला सिनेमांकन समारोहमा फिल्मको शीर्षक, लोगो र केही फुटेज सार्वजनिक गरिएको छ । ‘अवतार २’ को शीर्षक ‘अवतार : द वे अफ वाटर’ राखिएको छ । फिल्म यसैवर्ष रिलिज हुने भएकाले पनि विस्तारै दर्शक माझ प्रचारप्रसार गर्ने तयारीमा डिज्नी रहेको द हिन्दुमा उल्लेख छ ।

सन् २००९ देखि सन् २०२२ सम्म सिक्वेल हेर्न पर्खिएका दर्शकले अब भने यसको अन्य सिरिजहरु २ वर्षको अन्तरालमा हेर्न पाउने घोषणा निर्माण कम्पनीले गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ६ : ५२ बजे

एनसेल सेयर खरिदबिक्री प्रकरण : सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा हाले रिट (निवेदनसहित)

काठमाडौं- एनसेलको शंकास्पद सेयर खरिदबिक्री प्रकरणविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्च

चोरीका दुई नाल हतियारसहित तीन जना पक्राउ

काठमाडौं- चोरीका दुई नाल हतियारसहित तीन जनालाई पक्राउ गरिएको छ

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख घिमिरे

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिमा नै

एसीसी यू १९ एसिया कप : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

काठमाडौं- एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल

एनसेल सेयर खरिदबिक्री प्रकरण : अध्ययन तथा छानबिन समितिले काम थाल्यो

काठमाडौं- एनसेलको सेयर खरिदबिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न