तिब्बतबाट साङ्घाईमा याकको मासु र पिउने पानी आपूर्ति | Khabarhub Khabarhub

तिब्बतबाट साङ्घाईमा याकको मासु र पिउने पानी आपूर्ति


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण बढिरहेका कारण लकडाउन घोषणा गरिएको चीनको साङ्घाई शहरतर्फ तिब्बतबाट ठूलो परिमाणमा याकको मासु र पिउने पानी लगिएको छ ।

‘महामारी विरुद्धको आपूर्ति’ का रुपमा तिब्बतबाट ३ हजार टन पिउने पानी र १ सय टन याकको सुख्खा मासु साङ्घाईतर्फ लगिएको हो ।

साङ्घाईमा पछिल्लो समय कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गइरहेको बताइएको छ ।

तिब्बती अधिकारवादी समूहलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार ‘तिब्बत स्वशासित क्षेत्रस्थित सत्तारुढ कम्युनिष्ट पार्टीको सरकार तथा समितिको निर्देशनमा तिब्बतबाट ती सामान साङ्घाईतर्फ आपूर्ति गरिएको हो ।

यता चीनको सरकार नियन्त्रित टेलिभिजन नेटवर्क सीजीटीएनले भने तिब्बतले ती सामान ‘दान’ गरेको टिप्पणी गरेको छ ।

यसअघि चीनमा कोरोना भाइरसको पहिलो लहरका बेला पनि तिब्बतबाट जडिबुटीहरू प्रभावित क्षेत्रतर्फ लगिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ७ : ४९ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’