मकवानपुरको बकैयामा कांग्रेस उपाध्यक्ष उम्मेदवारको मनोनयन बदर « Khabarhub

मकवानपुरको बकैयामा कांग्रेस उपाध्यक्ष उम्मेदवारको मनोनयन बदर


१५ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– नेपाली कांग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छाँया अधिकारीको उम्मेदवारी मनोनयन बदर भएको छ ।

अधिकारीविरुद्ध हाल राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको भन्दै मनोनयन बदर हुनुपर्ने मागसहित उजुरी परेको थियो ।

उजुरी परेपछि अधिकारीले लिखित जवाफ पेस नगरेको र उनको पार्टीका तर्फबाट दिलबहादुर भोम्जनको मौखिक बयानमा उनी हाल जागिरमै रहेको भनिएकाले उम्मेदवारी बदर गरिएको निर्वाचन अधिकृतको कार्यालय बकैयाका निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिए ।

गणक पद पारिश्रमिक पाउने पद रहेको र आफ्नो उम्मेदवारी बदर भएमा सहमत रहेको ब्यहोरा जानकारी गराएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ८ : ३४ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म