मकवानपुरको बकैयामा कांग्रेस उपाध्यक्ष उम्मेदवारको मनोनयन बदर | Khabarhub Khabarhub

मकवानपुरको बकैयामा कांग्रेस उपाध्यक्ष उम्मेदवारको मनोनयन बदर


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– नेपाली कांग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छाँया अधिकारीको उम्मेदवारी मनोनयन बदर भएको छ ।

अधिकारीविरुद्ध हाल राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको भन्दै मनोनयन बदर हुनुपर्ने मागसहित उजुरी परेको थियो ।

उजुरी परेपछि अधिकारीले लिखित जवाफ पेस नगरेको र उनको पार्टीका तर्फबाट दिलबहादुर भोम्जनको मौखिक बयानमा उनी हाल जागिरमै रहेको भनिएकाले उम्मेदवारी बदर गरिएको निर्वाचन अधिकृतको कार्यालय बकैयाका निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिए ।

गणक पद पारिश्रमिक पाउने पद रहेको र आफ्नो उम्मेदवारी बदर भएमा सहमत रहेको ब्यहोरा जानकारी गराएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ८ : ३४ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको