ट्रम्पले भने – सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ « Khabarhub

ट्रम्पले भने – सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प टेक्सास स्कूल नरसंहारपछि बन्दुक नियन्त्रणमा गरिएका आह्वानको विपक्षमा उभिएका छन् ।

उनले ‘दुष्ट’विरुद्ध आफूलाई जोगाउन सभ्य अमेरिकीहरूलाई बन्दुक दिनुपर्ने धारणा व्यक्त गरेका हुन् । बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा ठूला नरसंहार भएका र कानुनमा परिमार्जन गर्नुपर्ने आवाज उठिरहेका बेला ट्रम्पको पछिल्लो धारणा सार्वजनिक भएको हो ।

‘हाम्रो संसारमा दुष्टताको अस्तित्व कानुन पालन गर्ने नागरिकहरूलाई निशस्त्र गर्ने कारण होइन… कानून पालन गर्ने नागरिकहरूलाई हतियार दिने सबैभन्दा राम्रो कारणहरूमध्ये दुष्टको अस्तित्व हो’, राष्ट्रिय राइफल संघका सदस्यहरूसँगको कुराकानीमा उनले भने ।

टेक्सासको एक प्राथमिक विद्यालयमा १८ वर्षीय पुरुषले अन्धाधुन्ध गोली प्रहार गरेर २१ जनाको नरसंहार गरेपछि अमेरिकामा बन्दुक नियन्त्रण बारेमा पुनः बहस हुन थालेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ९ : २४ बजे

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुतेको तस्बिर सार्वजनिक

काठमाडौँ— निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम गरिरहेको

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै

सडकमा कलम बेच्ने ती बालक, जो पछि करोडौँलाई हँसाउने जोनी लिभर बने

बलिउड सिनेमा उद्योगमा जब कमेडीको चर्चा हुन्छ, सबैभन्दा पहिले सम्झिने