लोमान्थाङमा तीन दिनसम्म मनाइँदै ‘तिजी’पर्व « Khabarhub

लोमान्थाङमा तीन दिनसम्म मनाइँदै ‘तिजी’पर्व


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – मुस्ताङको लोमान्थाङमा ऐतिहासिक र साँस्कृतिक महत्त्वको ‘तिजी’ पर्व सुरु भएको छ। लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्विरअंकित ठूलो आकारको थांका प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालिएको हो।

दुई तले घर बराबरको उचाइ भएको थांका वर्षको एक दिन मात्र दरबारबाट बाहिर निकालेर पूजाआजा र अवलोकनका लागि खुला गरिन्छ। लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका १० वटा वडाका बासिन्दाले हरेक वर्षको ज्येष्ठ कृष्ण द्वादशीदेखि तीन दिन ‘तिजी’ पर्व मनाउँछन्। लोमान्थाङ गाउँपालिका–५ का वडासदस्य छेवाङ रिङजिङ गुरुङले तिजी लोवा समुदायले मनाउने सबैभन्दा ठूलो र प्रख्यात पर्व भएको बताए।

‘दुई पालिकाका बासिन्दाका साथै तिजी पर्व मनाउन विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा लोमान्थाङ आएका छन्’, उनले भने, ‘तिजी पर्व संस्कृति र परम्परा मात्र नभएर पर्यटक भित्र्याउने माध्यम पनि बनेको छ।’ लोमान्थाङ दरबार र गाउँका पुजारी आम्ची घ्याचो विष्ट सम्पूर्ण प्राणीको हितका लागि तीन दिनसम्म पूजाआजा र विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रदर्शन गरेर तिजी पर्व मनाउने गरिएको बताउँछन्।

‘प्राकृतिक प्रकोप, रोगव्याधि, महामारी, अनिकालजस्ता अनिष्ट नहोस् भन्ने कामना गरेर पूजाआजा गर्छौँ’, उनले भने, ‘पहिलो दिन जमिनका देवीदेवता, दोस्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्य र तेस्रो दिन राक्षसलाई लखेटेको अभिनय लामाले नृत्यमार्फत देखाउने गर्छन्।’ तिजीमा लामाहरुले देखाइने नृत्य विशेष आकर्षण हो ।

माटोको पर्खालभित्र रहेको ७०० वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजीवन लोमान्थाङको आकर्षण हो। उजाड पहाडको बीचमा समथर भूगोलमा रहेको लोमान्थाङका १३ औँ पुस्ताका राजाले तिजी पर्व मनाउन सुरुआत गरेका थिए।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ९ : ०९ बजे

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)