निजगढ विमानस्थलबारे कांग्रेस नेता गुरुङका तीन विकल्प « Khabarhub

निजगढ विमानस्थलबारे कांग्रेस नेता गुरुङका तीन विकल्प


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाउन आदेश दिएपछि कांग्रेस नेता कल्याणकुमार गुरुङले तीन विकल्प अघि सारेका छन् ।

उनले मधेस प्रदेशकै महोत्तरीका तीन स्थानमध्ये एक स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रियस्तरकै ‘ड्राई पोर्ट’ निर्माण गर्न सकिने विकल्प अघि सारेका हुन्।

पहिलो विकल्पको रूपमा उनले महोत्तरीको गौशाला नगरपालिका– १, ८, १०, ११ र १२ मा पर्ने सागरनाथ वन परियोजनाअन्तर्गतको जङ्‍गल क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल र ड्राई पोर्ट बनाउन सकिने बताएका छन् । त्यसका लागि सम्बन्धित निकायसँग् स्वीकृति लिन सकिने उनको भनाइ छ ।

दोस्रो विकल्पको रूपमा जिल्लाकै बर्दिबास नगरपालिका-३, ४, ५, १० र ११ मा पर्ने केही जङ्‍गल क्षेत्र र केही खाली जग्गा जमीन भएको क्षेत्रमा र त्यहाँ पनि नभए जिल्लाकै भङ्‍गाहा नगरपालिका- १, २, ३, ४, ५, ६ र ९ मा पर्ने खाली जग्गाजमीन भएको क्षेत्रमा सम्बन्धित जग्गा धनी र निकायको स्वीकृति लिएर दुवै संरचना बनाउन सकिने बताएका हुन् ।

यसका लागि सबै मिलेर गम्भीरतापुर्वक पहल गर्न उनको आग्रह छ । बिहीबार सर्वोच्चले लाखौँ रूख कटान गरेर अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बनाउन रोक लगाएको हो ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ९ : ४१ बजे

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ