विद्यालयलाई सर्वजित मेमोरियल ट्रष्टको सहयोग « Khabarhub

विद्यालयलाई सर्वजित मेमोरियल ट्रष्टको सहयोग


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सर्वजित मेमोरियल ट्रष्टले विद्यालयलाई आर्थिक, भौतिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार कार्यक्रम गर्दै ट्रष्टले स्थानीय हिमालय आधारभूत विद्यालयलाई आर्थिक, भौतिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

सर्वजित मेमोरियल ट्रष्टले प्रदान गर्ने बेष्ट सर्वजित टिचर अफ द इयर २०७८ को पुरस्कार शिक्षिका अञ्जना थुलुङले पाएकी छन् । ट्रष्टले विद्यालयका शिक्षकमध्येबाट एक जना उत्कृष्ट शिक्षकलाई प्रदान गर्ने ५ हजार राशीको पुरस्कार थुलुङलाई प्रदान गरेको हो ।

यस्तै, बेष्ट सर्वजित सपोर्टिङ टिचरअन्तर्गतको सहयोग शिक्षक वसन्त राईलाई प्रदान गरिएको छ । हाल निजी श्रोतबाट मासिक १० हजारमा काम गरिरहेका शिक्षक राईलाई ट्रष्टले गत वैशाखदेखि लागु हुने गरी मासिक पाँच हजार थप गरिदिएको हो । शिक्षक राईको तलब १५ हजार नपुगेसम्म मासिक पाँच हजार उपलव्ध गराइने सर्वजित मेमोरियल ट्रष्टका अध्यक्ष सिताराम राईले बताए ।

ट्रष्टले मासिक ७ हजारमा काम गरिरहेका विद्यालयका सहायक कर्मचारी हिरादेबी श्रेष्ठलाई गत वैशाखदेखि लागू हुने गरी मासिक ३ हजार थप गरिदिएको छ । यस्तै, कक्षा १ देखि कक्षा १० सम्मका प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने छात्र-छात्रालाई नगद पुरस्कार प्रदान गरेको ट्रष्टले जनाएको छ । ट्रष्टले विद्यालयको नयाँ भवनको चेनगेट र पुरानो भवनको तल्लो तलाको १० वटा झ्यालमा ग्रिल हालेर हस्तान्तरण गरेको विद्यालयका प्रअ मित्रकुमार दाहालले बताए ।

ट्रष्टले विद्यालयलाई १९ थान प्लाष्टिकको कुर्सी, ४ थान ह्वाइटबोर्ड, पुस्तक, साइन्स ल्यावको सामग्री, खेल सामग्री हस्तान्तरण गरेको छ । ९ छात्र/त्रालाई पोशाक तथा झोला पनि प्रदान गरेको ट्रष्टले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १० : ५५ बजे

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल