नेपाल र टिमोर लिस्टे भिड्दै « Khabarhub

नेपाल र टिमोर लिस्टे भिड्दै


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी एसियन कप २०२३ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले शनिबार मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कतारको दोहास्थित ग्रान्ड हमाद रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । बन्द प्रशिक्षणका लागि कतारमा रहेको नेपाली टोलीले त्यहाँ दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपालले ३ जुनमा दोस्रो मैत्रीपूर्ण खेलमा ओमानको सामना गर्दैछ । एसियन कप तेस्रो चरणको छनोटका लागि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् ।

एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, इन्डोनेसिया र कुवेत छन् ।

नेपाली टिम
गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षकः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डरः आकास बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनिल बल, सुरजजिउ ठकुरी
फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ (कप्तान)

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १२ : २३ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा