गणतन्त्र दिवस : बुटवलमा खुला दौड प्रतियोगिता « Khabarhub

गणतन्त्र दिवस : बुटवलमा खुला दौड प्रतियोगिता


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– गणतन्त्र दिवस २०७९ को पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशको अस्थाई राजधानी बुटवलमा खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शनिबार भएको पाँच किलोमिटर खुला दौड प्रतियोगिताको उपाधि कपिलवस्तु वाणगंगा बहुमुखीक्याम्पस, लौगाईका अजय पाण्डेले जितेका छन् ।

उनले १६ मिनेट ३० सेकेन्डमा पाँच किलोमिटरको दूरी पार गरे। प्रतियोगितामा नवीन औधोगिक माविमा ११ कक्षामा अध्ययरत प्रशान्त थापा दोस्रो भए । उनले सो दूरी  १७ मिनेट ४२ सेकेन्डमा पार गरेका थिए। त्यस्तै, कालिका मानवज्ञानका राजनबलाल थापा प्रतियोगितामा तेस्रो भए । उनले १८ मिनेट १२ सेकेन्डमा दूरी पार गरेका थिए।

यसैगरी, महिलातर्फ घोराहीकी अनिषाचौधरी प्रथम भईन । उनले २२ मिनेट २७ सेकेन्डमा दूरी पार गरेकी थिईन । कालिकाकी अन्जना पाण्डेले २९ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भईन। कालिकाकै सन्जना अधिकारी ३० मिनेटमा दूरी पार गरी प्रतियोगितामा तेस्रो भईन । लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधारसँगै खेलकुद गतिविधिलाई अगाडि बढाउन कार्यक्रम आयोजना गरिएको परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । खेलाडीहरूलाई आर्थिक रुपमा सबल हुने गरी सरकारको योजना र कार्यक्रमहरू अघि बढेको उनको दाबी छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः नगद १० हजार, ८ हजार र ५ हजारसहित प्रमाणपत्रबाट आइतबार हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा एक समारोहबीच  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रदेश सरकार लागेको बताए । दौडमा रूपन्देही, कपिलवस्तु, घोराही, पाल्पा, नवलपरासी, गुल्मीलगायतका एक सयभन्दा बढी खेलाडीहरू सहभागी थिए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १ : ०० बजे

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक

शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा

काठमाडौँ– अमेरिका र इरानबीच जारी करिब ६ हप्ता लामो युद्ध

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको