काठमाडौं र धरानका जनताले राजनीतिक दललाई सच्चिने मौका दिएका छन् : दाहाल « Khabarhub

काठमाडौं र धरानका जनताले राजनीतिक दललाई सच्चिने मौका दिएका छन् : दाहाल


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं र धरानका जनताले राजनीतिक दललाई सच्चिने मौका दिएको बताएका छन् । अज प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा दाहालले स्वतन्त्र उम्मेदवारहरूको जितलाई दलहरूप्रतिको वितृष्णा भन्न नमिल्ने बताएका हुन् । 

दलहरूले आत्मसमीक्षा गर्नैपर्ने गरी भने दुवै ठाउँका जनताले प्रश्न उठाएको उनले बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा फेरि दुइटा फूलहरू फक्रिएको जस्तो ठान्छु म । यही संविधानकै फूलबारीभित्र उहाँहरू आउनु भएको हो’ उनले भने 

राजनीतिक दलबाट उम्मेदवार छनोट गर्दा त्रुटि भएको हुन सक्ने उल्लेख गर्दै उनले भने, ‘हामीलाई सचेत हुन र आफ्ना कमीकमजोरी सच्याउनका लागि अवसर पनि हो ।
आफ्नो विचार, प्रवृत्ति र संकल्पसहित दुई जना युवाहरू जनताको बीचमा प्रस्तुत हुनु नै विशिष्ट रहेको र त्यसलाई विशिष्ट मान्नुपर्ने उनले बताए ।

उनले जुन विचार, प्रवृत्ति र संकल्पसहित दुई जना युवाहरू जनताको बीचमा प्रस्तुत हुनुभयो त्यो विशिष्ट छ र त्यसलाई विशिष्ट मान्नुपर्छ । उहाँहरूका पछाडि कुनै पार्टी र पार्टीका मान्छे पछि लागेको देखिएन । अब तपाईंहरू जनताका भावना र जनताका आकांक्षाहरूलाई पूरा गर्नतर्फ लाग्नुहोला’ उनले भने । राजनीतिक दलहरूले आत्मसमीक्षा गर्न जरुरी रहेको पनि उनको भनाई छ । ‘राजनीतिक दलहरू हामी एक्लै पूर्ण छौँ भनेर अघि बढेका थियौँ भने काठमाडौं र धरानका जनताले हामीलाई प्रश्न खडा गरेकै हो’ उनले भने ।

 धरान र काठमाडौंका मेयरजस्ता पात्रहरू इतिहासमै देखा परे पनि घेराबन्दीमा पारिने खतरा रहेको पनि उनले बताए । ‘यस्ता पात्रलाई घेराबन्दी गरेर चुनावमा गरेका वाचालाई पूरा गर्न नदिइने चुनौती देखा पर्छ तर त्यसलाई चिर्दै अघि बढेमा राजनीतिक दललाई पनि सच्चिने मौका मिल्नेछ’ उनले भने ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ४ : ०१ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले