चर्चित गायिका साकिरामाथि कर छलीको आरोप | Khabarhub Khabarhub

चर्चित गायिका साकिरामाथि कर छलीको आरोप


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– कोलम्बियाकी प्रख्यात गायिका साकिरा जहिल्यै आफ्ना गीतका कारण चर्चामा आइरहन्छिन् । उनका हरेक गीत उत्तिकै लोकप्रिय हुन्छन् । तर ,अहिले भने यी गायिका गीतले होइन कर छलीको मामलाबाट चर्चामा छिन् ।

स्पेनको एक अदालतले कर छलीको मामलामा उनीमाथि मुद्दाको बाटो तय गरेको छ साकिराले आफूमाथि लागेको आरोप निराधार भएको भन्दै अदालतमा निवेदन दिए पनि अदालतले त्यसलाई स्वीकारेन ।

गायिका साकिराको कर छलीको मामला पहिलो पटक सन् २०१८ मा सार्वजनिक भएको थियो । त्यो समयमा स्पेनिस उजुरीकर्ताले साकिरामाथि सन् २०१२ र २०१४ को बीच आम्दानी बापत एक दशमलब ५५ करोड अमेरिकी डलर कर भुक्तानी नगरेको आरोप लगाएका थिए । यो मामलामा उनी अदालतमा पनि उपस्थित भएकी थिइन् ।

‘यसको पर्याप्त प्रमाण छ कि साकिराले राज्यमा कर तिर्ने प्रतिबद्धता पालन गरेकी छैनन् । यस्तोमा उनीमाथि मुद्दा चलाउन सकिनेछ । यदि गायिकामाथिको आरोप सही साबित भए र उनी दोषी ठहरिए भने जरिवानासँगै कारावासको सजाय भोग्न तयार हुनुपर्नेछ,’ अदालतले भनेको छ ।

साकिरामाथि कर छलीको मामला सन् २०१९ को जूनमा अदालतमा दर्ता भएको थियो । गायिकाले आफ्नो बयानमा सबै आरोपको खण्डन गरेकी थिइन् । उनले आफूलाई कर कार्यालयले दिएको सूचनाका आधारमा सबै कर तिरेको दाबी गरेकी थिइन् ।

तर, अहिले पुनः कर छलीको विषय साकिराका लागि टाउको दुखाईको विषय बनेको छ । यद्यपि, पहिलोपटक न्यायाधीशले अपराधीलाई काराबासको सजायमा माफी दिनसक्ने जनाइएको छ । तर, यसबारे आधिकारिक पुष्टि हुन सकेको छैन ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ११ : ५९ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र