युक्रेनको सपिङ मलमा रुसको मिसाइल आक्रमण : १६ युक्रेनीको मृत्यु | Khabarhub Khabarhub

युक्रेनको सपिङ मलमा रुसको मिसाइल आक्रमण : १६ युक्रेनीको मृत्यु


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनको क्रेमेन्चुक सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् ।

‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९ जना घाइते भएको थाहा छ । तीमध्ये २५ जना अस्पतालमा भर्ना छन्’, आपतकालीन सेवाका प्रमुख सर्गी क्रुकले भने ।

सपिङ सेन्टरमा हमलापछि भग्नावशेष हटाउने र आगो निभाउने कार्य भइरहेको उनले बताए । आक्रमणको समयमा हजारौँ सर्वसाधारण उक्त सपिङ मलमा रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए ।

‘मलमा आगो लागेको छ, उद्धारकर्ताहरू आगो निभाउने क्रममा छन् । पीडितहरूको संख्या कल्पना गर्न असम्भव छ’, जेलेन्स्कीले फेसबुकमा लेखेका थिए । क्रेमेन्चुक सहरको जनसंख्या २ लाख २० हजार छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ७ : १३ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता