अनुप भन्छन्,’तटस्थ भएर द्वन्द्वलाई हेर्ने प्रयास गरेको छु’ « Khabarhub

अनुप भन्छन्,’तटस्थ भएर द्वन्द्वलाई हेर्ने प्रयास गरेको छु’


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘दोख’ को ट्रेलर सार्वजनिक भएको छ । एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा निर्देशक अनुप बरालले लामो समयदेखिको भारी बिसाउन लागेको बताएका छन् । ‘हामीले भूकम्पअघिबाट यो फिल्मको सुटिङ थालेका थियौँ तर भूकम्प , नाकाबन्दी, महामारी सबै अप्ठेरो अवस्थामा हामीले यो फिल्मलाई बोक्यौँ,’ उनले भने, ‘तर यो फिल्मको भारी गह्रुँगो छैन । छरितो छ भन्ने विश्वास छ ।’

फुटबल खेलबाट सामुदायिक वन उपभोगको विषयलाई टुङ्गो लगाउने विषयलाई फिल्ममा प्रस्तुत गरिएको छ । ट्रेलरले फिल्म माओवादी कालखण्डको कथामा बनेको पनि स्पष्ट सङ्केत गर्छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै द्वन्द्वका कथामा फिल्म बनाउने समय बल्ल सुरु भएको पनि जिकिर गरेका थिए ।

‘द्वन्द्व कथामा अहिले फिल्म बनाउनु भनेको घाउ कोट्याउनु होइन । भविष्यमा हुने यस्ता द्वन्द्वले पार्ने प्रभावका बारेमा पूर्व चेतना दिने पनि हो । फेरि म कथा कहिले भन्ने भन्दा पनि कसरी भन्ने कुरामा विश्वास गर्छु । तर द्वन्द्वको कथामा मैले पक्ष विपक्ष लिनेभन्दा पनि तटस्थ भएर द्वन्द्वलाई हेर्ने प्रयास गरेको छु,’ अनुपले भने ।  राजन कठेतको लेखनमा तयार भएको फिल्ममा मनिष निरौला, दिया मास्के, सुरज मल्ल, रोभदिभ आदि कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : ३५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल