रेनु लेख्छिन्,’थियटर र फिल्म फरक माध्यम भए पनि साधना उही हो’ « Khabarhub

रेनु लेख्छिन्,’थियटर र फिल्म फरक माध्यम भए पनि साधना उही हो’


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदीप खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘प्रकाश’ बाट रेनु योगी फिल्ममा डेब्यु गर्दै छिन् । ब्याचलर अध्ययन गरेकी रेनु थ्रिएटर आर्टिस्ट हुन् । उनले २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटकमा अभिनय गरेकी थिइन् । रेनुले १० भन्दाबढि नाटक, सर्ट मुभि र ‘एसिड कान्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन् ।

थियटर पृष्ठभूमि रहेकी रेनुलाई निर्माण टिमले अडिसन मार्फत छनौट गरेको थियो ।  फिल्ममा उनको जोडी चल्तीका अभिनेता प्रदीप खड्कासँग बाँधिएको छ । प्रदीप झैँ फिल्ममा रेनुले पनि जुम्लेली चरित्रमा अभिनय गरेकी छन् । हालै सार्वजनिक एक पोस्टरमा उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।  पोस्टरमा उनी किताब र कापी च्यापेर विद्यालयको पोसाकमा प्रदीपको साथमा हिँडिरहेको देख्न सकिन्छ भने प्रदीप कालो रंगको ट्राउजरको खल्तीमा किताब राखेर रेनुसँग गफ गर्दै पाइला नापिरहेका छन् ।

पोस्टरमा रेनुभन्दा प्रदीपको लुक्सले ध्यान खिच्छ । उनले लगाएको पहिरनले दया भाव पलाउँछ भने अनुहारको भावभंगीमा दुःख र पीडाको सागर देखिन्छ । रेनुले आफ्नो क्यारेक्टर पोस्टर सार्वजनिक गरेसँगै प्रदीपसँग काम गर्दाको अनुभव साटेकी छिन् । उनले कलाकार र स्टारको बिचमा के भिन्नता होला ? भन्ने प्रश्न उब्जिने गरेको जनाएकी छिन् । थियटरमा काम गर्दै आफ्नो अभिनयको यात्रालाई निरन्तरता दिई रहेकी रेनुले रङ्गमञ्च देखि प्रकाशसम्मको यात्राको विषयमा बोलेकी छिन् ।

‘के स्टारहरु पनि हामी थियटरका झैँ  आफ्नो क्यारेक्टरको लागि संघर्ष गर्छन् , मेहनत गर्छन ? यो प्रश्न थियो किनकि उनीहरूलाई दर्शकले स्टार मानिसकेका छन् । एक पटक दर्शकले पत्याएपछि फेरी मेहनत गर्छन् त ? यी सब प्रश्नको जवाफ प्रदीपसँग काम गर्दा पाए’ रेनुले लेखेकी छिन् । उनले प्रदीपले कथा , पात्र र चरित्रलाई लिएर गरेको मेहनतको प्रशंसा गरेकी छिन् ।

‘वहाँको उत्साह, मेहनत अनि लगन देखेर म  आफैँ पनि निकै प्रभावित भएकी छु । रङ्गमञ्च र फिल्ममा काम गर्ने प्रक्रिया फरक भएता पनि कलकको साधना त उस्तै रहेछ’ रेनु लेख्छिन् ,’मलाइ जसरी प्रकाश टिमले अपनाउनु भयो । फरक माध्यममा काम गरिरहेकी छु भन्ने नै लागेन । उनले प्रकाश आफ्नो लागि फिल्म मात्र नभएर एउटा अनुभव भएको समेत उल्लेख गरेकी छिन् । ‘प्रकाशबाट सिकेको अनुभवलाई म शब्दमा व्यक्त गर्न सक्दिन’ उनले लेखेकी छिन् ।

फिल्ममा प्रदीपले जुम्लाको विपन्न परिवारको युवकको भूमिका निर्वाह गरेका छन् । अध्ययन सकाएपछि गाउँकै सरकारी विद्यालयमा शिक्षक बन्न उनले गर्नुपरेको संघर्षमा फिल्म आधारित छ । दिनेश राउत निर्देशित फिल्ममा  प्रदीप र रेनुसँगै दीया मास्के, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, दिपेन्द्र शाही, रामबाबु रेग्मी, लोकेन्द्र लेखक लगायतको अभिनय छ । बिनिस इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारी निर्माता रहेको फिल्ममा विकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  २ : ०१ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ