ट्रकभित्र निस्सासिएर अमेरिकामा ४६ जना अवैध आप्रवासीको मृत्यु « Khabarhub

ट्रकभित्र निस्सासिएर अमेरिकामा ४६ जना अवैध आप्रवासीको मृत्यु


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा ४६ जना आप्रवासीको मृत्यु भएको छ । अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीमध्ये अरु १६ जना गम्भीर बिरामीलाई अस्पताल भर्ना गरिएको छ ।

मेक्सिकोका आप्रवासी ट्रकमा चढेर अवैध रुपमा अमेरिकातर्फ प्रवेश गर्न खाजेको र निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने अमेरिकी अधिकारीहरूले बताएका छन् । उक्त ट्रक शहरको दक्षिणपश्चिममा रहेको रेलमार्ग नजिक भेटिएको हो ।

आद्रतायुक्त उच्च तापक्रमका कारण उनीहरूलाई श्वासप्रश्वासमा समस्या भएको अनुमान गरिएको छ । सोमबार सान एन्टोनियोको तापक्रम ३९.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

घटनास्थलबाट सहायताका निम्ति आग्रह भएपछि सुरक्षा अधिकारी परिचालन गरिएको सान एन्टोनियोका प्रहरी प्रमुख बिल म्याकमासले बताएका छन् । उनले मृतकहरू मेक्सीकोका नागरिक भएनभएको यकिन नभएको जनाएका छन् । सान एन्टोनियोका नगर प्रमुख रोन निरेनवर्गले घटनालाई ‘भयानक मानवीय त्रासदी’ भनेका छन् ।

गम्भीररूपमा बिरामी भएकामा १२ जना वयस्क र चारजना बालबालिका छन् । सुरक्षा अधिकारीहरूका अनुसार उद्धार गर्दा उनीहरूको शरीर ज्यादै तातो थियो । ट्रकको ढोका अलिकति मात्र खुला रहेको र भित्र जाँदा शव मात्र देखिएको पनि उनीहरूले जनाएका छन् । मेक्सिकोको विदेश मन्त्रालयका अधिकारी घटनास्थलतर्फ प्रस्थान गरेका बताइएको छ ।

टेक्सासका गभर्नर ग्रेग एबोटले राष्ट्रपति बाइडेनको घातक खुला सीमा नीतिका कारण उक्त घटना भएको ट्वीटरमा टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : ५६ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई