तिहार : हलमा दया भर्सेस दयाको सम्भावना  « Khabarhub

तिहार : हलमा दया भर्सेस दयाको सम्भावना 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो तिहारमा दयाहाङ राईको दुई फिल्म एकसाथ् प्रदर्शनमा आउने सम्भावना बढेको छ । अर्थात् तिहारमा नेपाली दर्शक माँझ दया भर्सेस दया हुने सम्भावना उच्च छ ।

निर्देशक दीपेन्द्र के खनालले आफू निर्देशित फिल्म ‘के घर के डेरा’लाई तिहारमा रिलिज गर्ने तयारी गरेसँगै सम्भावना उच्च भएको हो । डिएस डिजिटलले डेब्यू निर्देशक सुरज पाण्डेको निर्देशनमा बनेको फिल्म ‘परस्त्री’ हुने घोषणा गरेता पनि यसलाई पछाडि सार्दै ‘के घर के डेरा’ ल्याउने तयारी गरेको हो ।

यहीँ मितिमा दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’ पनि प्रदर्शन तय गरेर पोष्ट प्रोडक्सनको काममा छ । दुवै फिल्ममा दया छन् । पछिल्लो फिल्म ‘कबड्डी’ मार्फत चर्चामा रहेका दयाको एकसाथ फिल्म प्रदर्शनमा आउनु दर्शकका लागि भने राम्रो होइन । त्यसो त दुई दीपेन्द्रको भिडन्त यो पहिलो भने होइन । यस अगाडी पनि लभ लभ लभ र घामपानी नयाँ वर्षको डेटमा भिडेका थिए ।

फेस्टिभलको समय र स्टारकास्ट हेरेर दुई नम्बरीको डेटमा के घर के डेरा ल्याउन लगिएको चर्चा छ । ‘दुई नम्बरी’ मा दयासँगै सौगात मल्ल, उपासना सिंह ठकुरी लगायतका कलाकार छन् । यस्तै , ‘के घर के डेरा’ मा दयासँगै विपिन कार्की , वर्षा राउत , सुरक्षा पन्त लगायतको अभिनय रहेको छ । यी दुई फिल्मसँगै तिहारमै ‘नालापानी’ पनि प्रदर्शनमा आउने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ४ : २३ बजे

मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो

बागमती– पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या

सात पालिकाको नवप्रवर्तनका लागि कर्णाली सरकारको तीन करोड ४० लाख

कर्णाली– कर्णाली प्रदेश सरकारले सात पालिकाको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं– जरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित (छुसाङ–तेताङ) गाउँबीच प्राकृतिक स्रोत

‘बखान’ उपन्यास पुरस्कृत

चितवन– यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार