देश विकासको लागि सबैले इमानदारितापूर्वक योगदान दिनुपर्छ : मन्त्री चौधरी « Khabarhub

देश विकासको लागि सबैले इमानदारितापूर्वक योगदान दिनुपर्छ : मन्त्री चौधरी


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

​​​​​​​काठमाडौँ- नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले पदमा बसुन्जेल देश र जनताको हित हुने गरी इमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री चौधरीले देश विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि आग्रह गरे ।

मुलुकमा ठूलाठूला क्रान्ति र परिवर्तन भएको स्मरण गराउँदै उनले देश विकासको लागि अब सबैले इमानदारितापूर्वक योगदान दिनुपर्ने बताए । उनले नेपालमा गलत काम गर्दा पनि सपोर्ट गर्ने अनि राम्रो काम गरेको छ भने विरोध गर्ने परम्परा रहेको भन्दै सहीलाई सही र गलतलाई गलत भन्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफ्नो पार्टीले तत्काल मन्त्रीहरू फिर्ता बोलाउनेबारे कुनै छलफल र सोच नबनाएको स्पष्ट पारे। मन्त्रीहरूलाई राम्रोसँग काम गर्नको लागि समय दिनुपर्ने भन्दै छिटोछिटो मन्त्रीहरू हेरफेर गरेको विषयमा जनता पनि त्यति खुशी नभएको उनको भनाई छ ।

नेता शर्माले पालो पुर्‍याएर तीन÷तीन महिना र छ महिना सरकारमा सहभागी हुने पद्धतिलाई प्रोत्साहन गर्न नहुने धारणा राखे। त्यस्तै उनले संघ र प्रदेशको निर्वाचनमा गठबन्धनबिच सिटको बाँडफाँडमा पनि समस्या नहुने जिकिर गरे ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ५ : ०० बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई