शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको गिरावट « Khabarhub

शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको गिरावट


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । लगातार ओरालो लागेको नेप्से परिसूचक केही थामिएको जस्तो देखिए पनि पुनः ओरालो यात्रामा नै निरन्तर कायम छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ११.८२ अङ्कले ओरालो लागेर एक हजार ९२१.३१ मा ओर्लिएको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२२ अङ्कले ओरालो लागेर ३७२.६० मा ओर्लेको छ । कूल २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर रु एक अर्ब पाँच करोड ८२ लाख ४६ हजार ४७२ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ ०.२९ र जीवन बीमा उपसमूह ९६.९ अङ्कले उकालो लाग्यो । त्यस्तै, व्यापार १४, होटल तथा पर्यटन १७.९२, विकास बैंक ४३.८३, जलविद्युत् ३६.१३, वित्त २२.०४, निर्जीवन बीमा १०९.९६, उत्पादन ४८.४, अन्य १३.७९, लघुवित्त ३८.७९ सामूहिक लगानी कोष ०.०६ र लगानी १.०६ अङ्कले उकालो लाग्यो ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ३९ अर्ब ३१ करोड पाँच लाख तीन हजार ९९८ बराबर रहेको छ । कारोबारका आधारमा एसियन लाइफ इन्स्युरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ३१ लाख ३३ हजार २५६ बराबरको कारोबार भयो ।

लाइफ इन्स्युरेन्स कर्पोरेसन रु पाँच करोड ४३ लाख ८७ हजार २६०, नागरिक लगानी कोष रु पाँच करोड ३४ लाख ५४ हजार ८३७, नेपाल पुनरबीमा कम्पनी रु चार करोड ३७ लाख ८३ हजार र न्यादी ग्रुप पावर रु तीन करोड ५१ लाख ९२ हजार ६४६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार ओरालो लागेको बजारमा सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । उन्नति सहकार्य लघुवित्त ७.७४, कृषि विकास बैंक ५.१०, सन्राइज फस्ट म्चुअल फण्ड ५.०६ र एशियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.९१ प्रतिशतले कमाए ।

त्यस्तै, लक्ष्मी इक्विटी फण्ड ५.७३, जनरल इन्स्योरेन्स कम्पनी ४.७५, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४.७०, सिंगटी हाइड्रोपावर ४.४५ र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.४० प्रतिशतले गुमाए । 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ५ : २९ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार