शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको गिरावट « Khabarhub

शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको गिरावट


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । लगातार ओरालो लागेको नेप्से परिसूचक केही थामिएको जस्तो देखिए पनि पुनः ओरालो यात्रामा नै निरन्तर कायम छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ११.८२ अङ्कले ओरालो लागेर एक हजार ९२१.३१ मा ओर्लिएको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२२ अङ्कले ओरालो लागेर ३७२.६० मा ओर्लेको छ । कूल २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर रु एक अर्ब पाँच करोड ८२ लाख ४६ हजार ४७२ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ ०.२९ र जीवन बीमा उपसमूह ९६.९ अङ्कले उकालो लाग्यो । त्यस्तै, व्यापार १४, होटल तथा पर्यटन १७.९२, विकास बैंक ४३.८३, जलविद्युत् ३६.१३, वित्त २२.०४, निर्जीवन बीमा १०९.९६, उत्पादन ४८.४, अन्य १३.७९, लघुवित्त ३८.७९ सामूहिक लगानी कोष ०.०६ र लगानी १.०६ अङ्कले उकालो लाग्यो ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ३९ अर्ब ३१ करोड पाँच लाख तीन हजार ९९८ बराबर रहेको छ । कारोबारका आधारमा एसियन लाइफ इन्स्युरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ३१ लाख ३३ हजार २५६ बराबरको कारोबार भयो ।

लाइफ इन्स्युरेन्स कर्पोरेसन रु पाँच करोड ४३ लाख ८७ हजार २६०, नागरिक लगानी कोष रु पाँच करोड ३४ लाख ५४ हजार ८३७, नेपाल पुनरबीमा कम्पनी रु चार करोड ३७ लाख ८३ हजार र न्यादी ग्रुप पावर रु तीन करोड ५१ लाख ९२ हजार ६४६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार ओरालो लागेको बजारमा सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । उन्नति सहकार्य लघुवित्त ७.७४, कृषि विकास बैंक ५.१०, सन्राइज फस्ट म्चुअल फण्ड ५.०६ र एशियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.९१ प्रतिशतले कमाए ।

त्यस्तै, लक्ष्मी इक्विटी फण्ड ५.७३, जनरल इन्स्योरेन्स कम्पनी ४.७५, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४.७०, सिंगटी हाइड्रोपावर ४.४५ र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.४० प्रतिशतले गुमाए । 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ५ : २९ बजे

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको