एक सातादेखि थुप्रिएको काठमाडौँको फोहोर आजदेखि उठाइँदै « Khabarhub

एक सातादेखि थुप्रिएको काठमाडौँको फोहोर आजदेखि उठाइँदै


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक सातादेखि थुप्रिएको काठमाडौँ महानगरपालिकाको फोहोर आजदेखि उठाउन थालिएको छ।

महानगरले मंगलबार एक सूचना जारी गरी फोहोर संकलन बिहीबारदेखि शुरू हुने जनाएको थियो। प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फोहोर व्यवस्थापन स्थलसम्म जाने सडक मर्मत सकिने भएकाले बिहीबार बिहानैदेखि फोहोर सङ्कलन हुने जनाएका थिए।

‘मिति २०७९र०४र१२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईंहरूको पायक पर्ने स्थानहरूमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म पुर्‍याई सुरक्षित रूपमा घरभित्र राखिएका फोहोरमैला सङ्कलन गर्ने कार्यमा सहयोग पुर्‍याइदिन हुन विनम्रताका साथ अनुरोध छ’ पौड्यालद्वारा जारी सूचनामा उल्लेख छ‚

फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडासम्म जाने सडक मर्मत गर्न भनी गत बिहीबारदेखि फोहोर व्यवस्थापनको काम रोकिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ६ : ४७ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली