गर्मी मौसममा शाकाहारी भोजन फाइदाजनक | Khabarhub Khabarhub

गर्मी मौसममा शाकाहारी भोजन फाइदाजनक


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि खानापानमा धेरै नै ख्याल गर्नुपर्ने हुन्छ। मौसम अनुसार के खाने, के नखाने भनेर विज्ञले सुझाव दिने गरेका छन्। जसरी हाम्रो वातावरणको हावापानी समयअनुसार फरक–फरक हुन्छ, त्यसरी नै हामीले पनि आफ्नो खानपानमा पनि परिवर्तन गर्नुपर्छ। किनकी, हाम्रो शरीरले पनि वातावरण अनुसार फरक प्रतिक्रिया दिइरहेको हुन्छ। अहिले साउनको महिना छ। यो महिनामा पनि के खाने र के नखाने भनेर जान्नु आवश्यक छ। यो धेरै वर्षा हुने महिना भएकाले पनि खानपानमा विशेष ख्याल गर्नुपर्छ।

यतिबेला प्रकृति हराभरा हुन्छ। यद्यपि यही महिनामा संक्रामक रोगको भय पनि अन्य समयको भन्दा बढी रहन्छ। शरीरका लागि चाहिने आवश्यक पौष्टिक तत्त्वमा कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो, भिटामिन, मिनरल्स, रेशा र पानी हुन्। तर, यिनै तत्त्वलाई मिलाएर खान नसक्दा अहिले रोगको जोखिम दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ।

स्वास्थ्यका लागि शाकाहारी भोजन
धार्मिक हिसाबले शास्त्रमा साउन महिना भनेको भगवान शिवको महिना हो। शिव सात्त्विक भोजन ग्रहण गर्ने भएकाले उनको नाममा शाकाहारी भोजन गर्ने चलन छ। अरू कुनै मान्यता चाहिँ छैन। गर्मी मौसम भएकाले शाहकारी भोजनले सबैलाई फाइदा गर्ने गर्दछ।
हाम्रो शरीरका लागि सन्तुलित खाना अत्यन्तै महत्त्वपूर्ण रहेको छ। हरेक व्यक्तिको लागि यो सन्तुलित खाना आवश्यक रहन्छ।

मांसाहारीबाट पाइने भनेको प्रोटिन तत्त्व हो। हामीले प्रोटिनका लागि शाकाहारी खाना गेडागुडी, पनिर र च्याउबाट पाउँछौँ, त्यसैले मिलाएर खानु पर्दछ। त्यसैले खानामा प्रोटिन र कार्बोहाइड्रेटको मात्रा मिलाएर खानुपर्छ।

कसलाई कति खाने भनेर उमेर, दिनभरको काम र रोग अनुसार भर पर्दछ। ब्यालेन्स डाइटमा प्रोटिन, कार्बोहाइड्रेड , फ्याट, मिनरल, भिटामिन सँगसँगै पानीको पनि अत्यधिक आवश्यकता पर्दछ।

मानिसले स्वस्थ रहन र मोटोपन घटाउनका लागि विभिन्न प्रकारका खाना मिलाएर खानुपर्छ। पहिले नेपाली खानामा कार्बाहाईडेटबाट समग्रमा जति शक्ति चाहिन्छ। त्यसमा कार्बोहाइड्रेडबाट ५० देखि ५५ प्रतिशत लिनुपर्दछ भन्ने मान्यता थियो। किनकी त्यतिबेला मानिसले शारीरिक परिश्रम प्रशस्त गर्नुपर्ने भएकाले खाना पनि त्यही खालको खानु आवश्यक हुन्थ्यो। तर, अहिलेका मानिसले कम काम गर्छन्। त्यसैले गर्दा पेट बढ्ने र नसर्ने रोग बढिरहेको देखिन्छ। कार्बाेहाईडेटबाट लिने क्यालोरी सामान्य मान्छेका लागि ४५ प्रतिशतमा कायम गर्नुपर्छ। प्रोटिनबाट २० प्रतिशत र बाँकी रहेको चिल्लो पदार्थबाट लिएको हुन्छ।

बिहानमा खाने खानाको मात्रा
यदि कोही मान्छे सामान्यतया ६ दिनमा १ घण्टा शारीरिक व्यायाम गर्दछ भने उसको बजनको आधारमा अलि बढी खाना खाने गर्नुपर्छ भने दिउँसो र राति कम खाने गर्नुपर्छ। बिहानको खाना ड्राइ फुड चना अण्डा, फलफूल बढी खान सकिन्छ। अरु समयको तुलनामा अलि राम्रो क्वालिटीको खाना खानुपर्छ।

बेलुकाको खानामा प्रोटिन र कार्बोहाइड्रेड पाइने खाना खाने
धेरै काम गर्ने मानिसले बिहान नभ्याउने र बेलुकाको खाना बढी चिल्लो भएको खाना खाने गर्छन्। जसले गर्दा पेटको गोलाई बढ्ने, नसर्ने रोग बढी लाग्ने र अकालमा नै मृत्यु हुने गरेको पाइन्छ। त्यसैले बेलुकाको खाना हलुका खालको खानु पर्दछ।

साउन महिनामा व्रत लिँदा कस्तो खाना खाने ?
साउन महिना वर्षायामको महिना हो। यो महिनामा गर्मी पनि उत्तिकै हुने गर्छ। यो समयमा बढी मात्रामा पानी, दूध तथा फलफूल खाने गर्नुपर्छ। खाली पेटमा व्रत बस्नु पनि राम्रो मानिँदैन। व्रत बस्दा धेरै चिल्लो तथा गुलियो खाने कुरा खानु पनि स्वास्थ्यका लागि लाभदायक मानिँदैन। व्रत तोड्ने बेलामा कालो चियाट पिएर खानेकुरा खान सुरु गर्दा राम्रो हुन्छ। थोरै फलफूल खाने र हलुका खाना खाने गर्नुपर्छ।

हलुका खानामा के खाने ?
सबैभन्दा पहिले मनतातो पानी या कालो चिया खाने गर्नुपर्छ। त्यसपछि फलफूल खाने र त्यसपछि नर्मल खाना खाने गर्नुपर्छ।

भिटामिन मिनरल, फाइबर भएको खाना
हरियो सागसब्जी तरकारी फलफूललाई हाम्रो खानाको मुख्य रूपमा लिने गर्नुपर्छ। यस्तै खानाको चार भागमध्ये एक भाग खाना तथा रोटी ढिडो च्याख्ला राख्ने अर्को ठाउँमा सलाद राख्ने र अर्को ठाउँमा दाल गेडागुडी राखेर खाने त्यस्तै अर्को माछा मासु खानेले माछा मासु राखेर खाने गर्नुपर्छ।

माछा मासुभन्दा पनि शाकाहारी खाना राम्रो

यो समय धेरै छिटो बित्छ। मासुजन्य खानेकुरा छोटो समयमा हाम्रो शरीरले पचाउन सक्दैन। त्यसैले झाडापखाला लाग्ने सम्भावना पनि हुन्छ। पानी परिरहने समय भएकोले स्वस्थ खानेकुरा खाने र बाहिर गएर खाना खान परे पनि मजाले पाकेको खाना खाने गर्नुपर्छ।

फलफूललाई कसरी विषादीरहित बनाउने ?
यो मौसममा पाइने आँप, केरा बजारबाट किनेर ल्याएको फलफूललाई सफा पानीमा नुन राखेर धोएर सफा बनाएर एक दिनपछि मात्र खाने गर्नुपर्छ। बोक्रा राम्रोसँग फालेर खाँदा स्वास्थ्यका लागि उत्तम हुन्छ।

शरीरमा समस्या नआउन के गर्ने ?
दालभात तरकारी एकदमै सन्तुलित खाना हो। दिउँसोको खाजा पनि दिन फेरेर खाने हरियो मकै पनि प्रशस्त मात्रामा खाने गर्नुपर्छ। त्यस्तै खाँदा फलफूलहरू पनि मिलाएर खाने गर्नुपर्छ। खानामा गेडागुडी तथा अण्डा पनि खाने गर्नुपर्छ। शाकाहारीले फलफूलहरू मिलाएर खाने दूध दहीहरू खाने गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। दहीलाई नै मोही बनाएर खाने पानी प्रशस्त मात्रामा पिउने गर्दा पनि उत्तम हुन्छ।

बाहिरको खाने कुरा नखाने र खानै परे पाकेको खाना मात्र खाने, बाहिरको पानी नखाने आफैं बोकेर हिँड्ने गर्नुपर्छ। त्यस्तै काजु बदाम ओखर खाने गर्दा पनि उत्तम हुन्छ। त्यसैगरी तिल, ज्वानो लगायतका खानेकुराहरू खाने यसले पाचनशक्ति र रोग प्रतिरोधात्मक शक्ति पनि बढाउँछ। यो मौसममा सरसफाइमा पनि धेरै ध्यान दिने गर्नुपर्छ। (पोषणविद् रश्मी बजिमयासँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ७ : ०१ बजे

इन्धनको चिन्ता- पतिंगर झर्ने बित्तिकै डढेलो लाग्यो, बर्खामा कसरी खाना पाक्ला ? 

महोत्तरी– बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि

बागमती प्रदेशसभामा विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि

कार्यदलमा जुटेन सहमति, एमालेको आरोप : कांग्रेसले हलो अड्काएर गोरू कुट्ने दाउ गर्‍यो

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

लमजुङ– लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको