बैतडीमा थपिए दुई हजार मतदाता | Khabarhub Khabarhub

बैतडीमा थपिए दुई हजार मतदाता


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – जिल्लामा दुई हजार तीन सय ८१ मतदाता थपिएका छन् । थपिएका मतदातामा एक हजार एक सय दुई महिला र एक हजार दुई सय ७९ पुरुष छन् ।

जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीका अनुसार थपिएका मतदातामा एक महिला र ६ पुरुष अर्को जिल्लाका रहेका छन् । मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा एक लाख ४८ हजार ६ सय ६ मतदाता थिए ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर गत असार १ गतेदेखि बैतडीमा पनि फोटोसहितको मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य जारी छ । जिल्ला प्रशासन, जिल्ला निर्वाचन र इलाका प्रशासन कार्यालय पुर्चौंडी हाटबाट फोटोसहित मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयालले जानकारी दिए ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले सक्नेछन् । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्दछ । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र, बसाइसराइ गरेर आएकाको हकमा बसाइसराइको प्रमाणपत्र आवश्यक पर्ने कार्यालयले जनाएको छ । जिल्ला बाहिरका नागरिकले पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् ।

मतदाता नामावली सङ्कलनको क्रममा नामावलीमा रहेको त्रुटि सच्याउन र संशोधन गर्ने कार्य पनि भइरहेको छ। मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न तथा दोहोरो परेको नाम हटाउने काम जिल्ला निर्वाचन कार्यालयमा भइरहेको छ ।

गत असार १ गतेदेखि सुरु भएको फोटो मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा नहुँदासम्म जारी रहने बताइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ११ : ३० बजे

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो

साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने

काठमाडौं – यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले

तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी

चितवन – चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल – ईरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी

सिरियाको दक्षिणी क्षेत्रमा जातीय द्वन्द्वको त्रास, हाल शान्ति कायम

सिरिया – सिरियाको दक्षिणी स्वैदा प्रान्तमा एक सातासम्म चलेको जातीय