ओमिक्रोनको नयाँ भेरियन्टबाट सतर्क रहन बाइडेनको आग्रह | Khabarhub Khabarhub

ओमिक्रोनको नयाँ भेरियन्टबाट सतर्क रहन बाइडेनको आग्रह


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए.५’अमेरिकामा पनि भेटिएकोले सतर्क रहन नागरिकहरुलाई आग्रह गरेका छन्।

बुधबार उनले भनेका छन् – ‘अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरुरी छ ।’

उनले यसबाट आफू पनि संक्रमित हुन पुगेको बताएका छन् । राष्ट्रपति बाइडेनले भने- ‘यो ‘बिए.५’ नयाँ भेरियन्टबाट म संक्रमित हुन पुगेँ, म मात्र होइन अमेरिकीहरु पनि यो संक्रमणबाट संक्रमित भएका छन् र हामी अमेरिकी मात्र नभएर संसारकै नागरिकमा यो संक्रमण फैलिएको छ ।

उनले जनस्वस्थ्यका मापदण्डहरु अपनाउन पनि सबैलाई आग्रह गरेका छन् । सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन भनेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेन ७९ वर्षका छन् । उनलाई गत हप्ता मात्र यो नयाँ भेरियन्टको संक्रमण देखिएको बताइएको थियो । उनले आफूलाई सामान्य लक्षण मात्र देखिएको जनाएका थिए । उनी एकहप्ता पछि बुधबार मात्र आइसोलेसनबाट निस्किएका छन्।

कोभिड १९ संक्रमणले सबैभन्दा बढी असर पारेको अमेरिकामा पछिल्लो समयमा यसको संक्रमण थप फैलिएको बताइएको छ । त्यसैले अमेरिकी अधिकारीहरुले सबैलाई थप सतर्कता अपनाउन सूचना जारी गरिरहेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १२ : ५५ बजे

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो

साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने

काठमाडौं – यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले

तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी

चितवन – चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल – ईरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी

सिरियाको दक्षिणी क्षेत्रमा जातीय द्वन्द्वको त्रास, हाल शान्ति कायम

सिरिया – सिरियाको दक्षिणी स्वैदा प्रान्तमा एक सातासम्म चलेको जातीय