ओमिक्रोनको नयाँ भेरियन्टबाट सतर्क रहन बाइडेनको आग्रह « Khabarhub

ओमिक्रोनको नयाँ भेरियन्टबाट सतर्क रहन बाइडेनको आग्रह


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए.५’अमेरिकामा पनि भेटिएकोले सतर्क रहन नागरिकहरुलाई आग्रह गरेका छन्।

बुधबार उनले भनेका छन् – ‘अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरुरी छ ।’

उनले यसबाट आफू पनि संक्रमित हुन पुगेको बताएका छन् । राष्ट्रपति बाइडेनले भने- ‘यो ‘बिए.५’ नयाँ भेरियन्टबाट म संक्रमित हुन पुगेँ, म मात्र होइन अमेरिकीहरु पनि यो संक्रमणबाट संक्रमित भएका छन् र हामी अमेरिकी मात्र नभएर संसारकै नागरिकमा यो संक्रमण फैलिएको छ ।

उनले जनस्वस्थ्यका मापदण्डहरु अपनाउन पनि सबैलाई आग्रह गरेका छन् । सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन भनेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेन ७९ वर्षका छन् । उनलाई गत हप्ता मात्र यो नयाँ भेरियन्टको संक्रमण देखिएको बताइएको थियो । उनले आफूलाई सामान्य लक्षण मात्र देखिएको जनाएका थिए । उनी एकहप्ता पछि बुधबार मात्र आइसोलेसनबाट निस्किएका छन्।

कोभिड १९ संक्रमणले सबैभन्दा बढी असर पारेको अमेरिकामा पछिल्लो समयमा यसको संक्रमण थप फैलिएको बताइएको छ । त्यसैले अमेरिकी अधिकारीहरुले सबैलाई थप सतर्कता अपनाउन सूचना जारी गरिरहेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १२ : ५५ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६