उपत्यकाको फोहर बोकेका गाडी स्थानीयवासीले पुनः रोके « Khabarhub

उपत्यकाको फोहर बोकेका गाडी स्थानीयवासीले पुनः रोके


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकाबाट फोहर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन् । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्तादेखि रोकिएको उपत्यकाको फोहर आजबाट अन्तिम विसर्जनका लागि लगिएको थियो ।

सडक मर्मतको काम पूरा नगरी फोहर लान थालिएको र फोहर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरेको धुनीबेँसी  नगरपालिका–१ का  अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए।

कामपाका वातावरण विभागका प्रमुख सरिता राईका अनुसार स्थानीयवासीको अवरोधका कारण फोहरका गाडी सिडोल र बञ्चरेडाँडाका बीचमा लामबद्ध भएर बसेका छन् । आठ दिनपछि आज उपत्यकाबाट करिब ६० गाडी फोहर बोकेर गए पनि स्थानीयवासीको अवरोधका कारण फोहरको व्यवस्थापन हुन नसकेको हो ।

एक महिनाअघि कामपा र स्थानीयबीच लिचडको व्यवस्थापन हुनुपर्ने, सडक मर्मतको काम पूरा गर्नुपर्ने, दुर्गन्ध हटाउनेजस्ता सहमति भएको थियो । बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको थियो ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो  । यसमध्ये सबैभन्दा बढी कामपामा ५०० मेट्रिक टन फोहर निस्कने गर्दछ ।

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १ : ४८ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६