आर्थिक संकट झेलेका बलिउड सेलेब्स « Khabarhub

आर्थिक संकट झेलेका बलिउड सेलेब्स


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड कलाकारहरुको फ्यान फ्लोअर्स लोभ लाग्दो नै हुन्छ। उनीहरूको फ्यान विश्वभर छरिएर रहेकै कारण दर्शकले उनीहरुसँग जोडिएको खबर प्रति चासो राख्ने गर्छन । कलाकारको सफलताको सूचक मापक उसको नाम र दाम नै हो । तर कहिलेकाहीँ नाम भएर पनि दामले साथ नदिँदा ती कलाकारको जीवन संकटग्रस्त बन्न पुग्छ । बलिउडमा यस्ता केही कलाकार छन्, जो कलाकारितामा लोकप्रियता कमाए पनि कुनै समय फिल्मकै कारण चरम आर्थिक संकटमा परे । किनकी बलिउडको लाइफस्टाइल आफैँमा सहज छैन। यहाँ काम र दामको मारामार र अभाव एकै पटक पर्ने गरेको छ ।  केही बलिउड सेलेब्सले यस्ता तीता अनुभव साटेका छन्। 

राज कपुर

राज कपुर बलिउडका प्रभावशाली सुपरस्टारको सूचीमा पर्ने अभिनेता हुन् । उनी अभिनयसँगै फिल्म निर्माण र निर्देशनमा उत्तिकै पोख्त थिए । सन् १९७० मा रिलिज उनको फिल्म  ‘मेरा नाम जोकर’ बक्स अफिसमा पूर्ण रूपमा असफल रह्यो । यो फिल्म असफल हुँदा उनले करोडौं रुपैयाँ घाटा ब्यहोर्नुपरेको थियो । फिल्मको चर्चा धेरै वर्षपछि भयो । यद्यपि तत्कालीन समयमा उनले फिल्मको असफलताको कारण आफ्नो स्टुडियो समेत जमानीमा राख्नु परेको थियो ।

शाहरुख खान

बलिउडका ‘किङ खान’ का रूपमा परिचित शाहरुखले आफ्नो करियरमा कैयौँ उतारचढावको सामना गर्नुपरेको छ । फिल्म ‘रावन’ को असफलतापछि उनी ठूलो आर्थिक संकटमा परेका थिए । किनकी उनले फिल्मको भीएफएक्समा राम्रै खर्च गरेका थिए। रिलिज अगाडि फिल्मबाट निकै आश गरिएको थियो । यद्यपि केहीले फिल्मलाई भिडियो गेम समेत भने। तर, शाहरुखको रेडचिल्ली भीएफएक्स लगायतका अन्य व्यवसायले पुनः लयमा फर्किए। 

अमिताभ बच्चन

अमिताभ बच्चनले आफ्नो ब्लगमा सन् २००० को घटनाको स्मरण गरेका छन् । ‘सन् २००० मा सारा विश्व नयाँ वर्ष मनाइरहँदा म आफ्नो दुर्भाग्य मनाउँदै थिए । मसँग फिल्म, पैसा र कम्पनी केही थिएन’, उनले लेखेका छन् । किनकी उनको त्यो समय लगातार फिल्ममा असफलता खेपिरहेका थिए। उनी सेकेण्ड लिड बनेपछि उनको कमाइमा पनि त्यहीँ अनुरूप स्तर घटेको थियो। 

प्रीति जिन्टा

सन् २००० को प्रारम्भमा अभिनेत्री प्रीति जिन्टा बलिउडमा राम्रै चम्किइन् । सन् २०१३ मा उनले फिल्म ‘इश्क इन पेरिस’ निर्माण गरिन् । जुन बक्स अफिसमा फ्लप साबित भयो । फिल्म फ्लप भएसँगै उनी चरम आर्थिक संकटमा परिन् । यो बेला उनलाई मिल्ने साथी सलमान खानले सहयोग गरेका थिए । किनकी प्रितीसँग फिल्म थिएन । उनी हिरोइन बन्ने समय लगभग अन्त्य भइसकेको थियो।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १ : ४७ बजे

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका

काठमाडौं महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौं – काठमाडौं महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने

आईपीएल : प्रभसिमरन सिंहले पूरा गरे अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार पञ्जाब किंग्स

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई