मिरुना र ठकुरीविरुद्ध अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता « Khabarhub

मिरुना र ठकुरीविरुद्ध अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री मिरुना मगरविरुद्ध भिक्षु फुर्पा तामाङले गाली बेइज्जती र कुटपिट गरेको भन्दै मुद्दा दायर गरेका छन् । तामाङले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले पुष्टि गरे । उनले खबरहबसँग कुराकानी गर्दै तामाङले अभिनेत्री मगरसहित प्राविधिक पृथ्वीसिंह ठकुरीलाई विपक्षी बनाएका छन् ।

‘उहाँले हिजो मुद्दा दायर गर्नु भएको छ। अब हामी प्रक्रिया अनुसार अगाडी बढ्ने छौँ’ सूचना अधिकारी दाहालले भने। माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फुर्र्वाले उजुरीमा उल्लेख गरेका छन् । फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारबाही माग गरिएको छ ।

सूचना अधिकारीले विगतमा दुवै पक्ष बीच भएको सम्झौतालाई इजलासले अध्ययन गरेर निर्णय सुनाउने बताए। ‘हामीले अहिले केही भन्न मिल्दैन। संलग्न प्रमाण र घटनालाई इजलासले हेरेपछि मात्र त्यसको विषयमा निर्णय आउँछ’ उनले भने। अदालतले दुई जनाको नाममा म्याद तामेल गर्ने र त्यसपछि प्रतिउत्तर सहित अदालती प्रक्रिया अगाडी बढ्ने छ।

दर्शकसँग साक्षात्कार गर्न सिभिल मलस्थित हलमा पुगेका बेला भएको ‘अभद्र व्यवहार’सम्बन्धी प्रकरण चर्किएपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध प्रदर्शनमा उत्रिएका थिए। पछि तामाङ र मगरबीच मिलापत्र भएको थियो । फिल्म र बौद्ध समुदायबीच आइन्दा यस विषयमा विवाद नगर्ने भन्दै माफी मागेर भएको सहमतिमा दुवै पक्षले साक्षीहरूको हस्ताक्षरसहित मिलापत्र गरेको कागजसमेत सार्वजनिक गरेका थिए ।

‘अभद्र व्यवहार’सम्बन्धी घटनामा तामाङले गल्ती स्वीकारेपछि भाइ सम्झेर माफी दिएको मगरले बताएकी थिइन् । अभिनेत्री मगरले कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आशयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाप्रति क्षमायाचना गरेकी थिइन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  २ : ४० बजे

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना