बागलुङमा कोरोना सङ्क्रमण दर बढ्यो « Khabarhub

बागलुङमा कोरोना सङ्क्रमण दर बढ्यो


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ । बुधबार मात्रै बागलुङ नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा व्यवसायीसहित २० जनामा कोरोना देखिएको छ । लक्षण देखिएकामा गरिएको एन्टिजेन्ट परीक्षणमा उनीहरूलाई  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोनास्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ । जिल्लामा एक सातादेखि कोरोना सङ्क्रमित देखिन थालेका हुन् । सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सचेतना अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोनाको नयाँ भेरियन्ट बढेको सन्दर्भमा सचेत रहन आग्रह गरेको छ । 

बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन ‘बिए प्लस फाइब’ सहितको सङ्क्रमण नेपालमा बढिरहेको सन्र्दभमा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड केन्द्रले बुधबार रातिदेखि लागू हुने गरी भीडभाडमा कडाइ गरेको छ ।

प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गर्न सबैलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश ढकालद्वारा जारी सूचनामा धेरै मानिस भीडभाड हुने क्रियाकलाप नगर्ने, विद्यालय, कलेज तथा ट्युसन सेन्टर र तालिमसहितका शैक्षिक क्रियाकलाप, सपिङ महल तथा  होटल रेष्टुराँ जनस्वास्थ्यको मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह गरेको छ ।

यस्तै सार्वजनिक यातायातका सम्बन्धमा सवारीलाई नियमित रुपमा निसङ्क्रमित गर्ने, स्वास्थ्य मापदण्डको पालना गर्ने, खोप कार्ड अनिवार्य साथमा राख्ने तथा कोरोनाको लक्षण देखिएमा तुरुन्तै जाँच गराउन आग्रह गरेको छ । प्रशासनले जारी गरेको आग्रहलाई सम्बन्धित स्थानीय तह, तथा समन्वयकर्ता र सरोकारवालालाई कार्यान्वयनमा सहजीकरण गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  २ : ३६ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग