विक्कीमा लगानी नगर्ने जियो स्टुडियोको अडान « Khabarhub

विक्कीमा लगानी नगर्ने जियो स्टुडियोको अडान


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘उरी : द सर्जिकल स्ट्राइक’ जस्तो सुपरहिट फिल्म बनाएका निर्देशक आदित्य धर आफ्नो ड्रिम प्रोजेक्ट ‘द इम्मोर्टल अश्वत्थामा’ लाई लिएर चर्चामा छन् । यो फिल्मलाई लिएर दिनहुँ नयाँ खबर बाहिर आइरहेका छन् । पछिल्लो खबरअनुसार फिल्मका निर्माताले प्रमुख अभिनेताका रूपमा अनुबन्धित अभिनेता विक्की कौशलको स्थानमा अर्को अभिनेतालाई अनुबन्ध गर्ने सोच बनाएका छन् । यो विषयमा निर्देशक आदित्य र निर्माताबीच निकै लामो बहससमेत भएको छ ।

आदित्यले फिल्मका लागि अभिनेता विक्कीलाई प्रमुख भूमिकामा फाइनल गरेका थिए । तर, निर्माण कम्पनी जियो स्टुडियोले विक्कीमाथि फिल्मको २ सय २५ करोड रुपैयाँ दाउमा लगाउन चाहेको छैन । जियोले विक्कीमाथि आफ्नो भरोसा नभएको जनाएको छ । जियोले विक्कीको स्थानमा रणवीर सिंह वा ऋतिक रोशनलाई लिन चाहेको छ ।

जियोले फिल्मका लागि अभिनेत्रीका रूपमा सामन्था रुथ प्रभुलाई कास्ट गर्न कुनै आपत्ति जनाएको छैन । तर, उसले विक्कीको हकमा भने यति धेरै बजेट लगानी गर्न उचित ठानेको छैन । हालै मात्र फिल्म निर्मातासमेत रहेका आदित्य धरले रकी स्क्रुवालाको फिल्ममा काम गर्न अस्वीकार गरेपछि यो ठूलो बजेटको फिल्मका लागि जियो स्टुडियोसँग कुराकानी गरेका छन् ।

फिल्म आगामी वर्ष २०२३ मेमा फ्लोरमा जाने सम्भावना छ । जसका लागि आदित्य फिल्मको प्रि–प्रोडक्सनको काम पुरा गर्ने ध्याउन्नमा छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ४ : ०४ बजे

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह

पूजाअर्चनासहित सरकारी निवासमा प्रधानमन्त्री शाह (तस्बिरहरू)

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार अपराह्न बालुवाटारस्थित

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा 

काठमाडौं– देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु

मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहसहित १५