विक्कीमा लगानी नगर्ने जियो स्टुडियोको अडान « Khabarhub

विक्कीमा लगानी नगर्ने जियो स्टुडियोको अडान


१२ श्रावण २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘उरी : द सर्जिकल स्ट्राइक’ जस्तो सुपरहिट फिल्म बनाएका निर्देशक आदित्य धर आफ्नो ड्रिम प्रोजेक्ट ‘द इम्मोर्टल अश्वत्थामा’ लाई लिएर चर्चामा छन् । यो फिल्मलाई लिएर दिनहुँ नयाँ खबर बाहिर आइरहेका छन् । पछिल्लो खबरअनुसार फिल्मका निर्माताले प्रमुख अभिनेताका रूपमा अनुबन्धित अभिनेता विक्की कौशलको स्थानमा अर्को अभिनेतालाई अनुबन्ध गर्ने सोच बनाएका छन् । यो विषयमा निर्देशक आदित्य र निर्माताबीच निकै लामो बहससमेत भएको छ ।

आदित्यले फिल्मका लागि अभिनेता विक्कीलाई प्रमुख भूमिकामा फाइनल गरेका थिए । तर, निर्माण कम्पनी जियो स्टुडियोले विक्कीमाथि फिल्मको २ सय २५ करोड रुपैयाँ दाउमा लगाउन चाहेको छैन । जियोले विक्कीमाथि आफ्नो भरोसा नभएको जनाएको छ । जियोले विक्कीको स्थानमा रणवीर सिंह वा ऋतिक रोशनलाई लिन चाहेको छ ।

जियोले फिल्मका लागि अभिनेत्रीका रूपमा सामन्था रुथ प्रभुलाई कास्ट गर्न कुनै आपत्ति जनाएको छैन । तर, उसले विक्कीको हकमा भने यति धेरै बजेट लगानी गर्न उचित ठानेको छैन । हालै मात्र फिल्म निर्मातासमेत रहेका आदित्य धरले रकी स्क्रुवालाको फिल्ममा काम गर्न अस्वीकार गरेपछि यो ठूलो बजेटको फिल्मका लागि जियो स्टुडियोसँग कुराकानी गरेका छन् ।

फिल्म आगामी वर्ष २०२३ मेमा फ्लोरमा जाने सम्भावना छ । जसका लागि आदित्य फिल्मको प्रि–प्रोडक्सनको काम पुरा गर्ने ध्याउन्नमा छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ४ : ०४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२