‘शमशेरा’ फ्लप हुनुका कारणहरू  « Khabarhub

‘शमशेरा’ फ्लप हुनुका कारणहरू 


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता रणवीर कपुरको फिल्म ‘शमशेरा’ बक्स अफिसमा पूर्ण रूपमा असफल साबित भइसकेको छ । चार वर्षपछि थिएटरमा पुनरागमन गरेका रणवीरबाट फ्यानले ठूलो आशा राखेका थिए । तर आशालाई निराशामा बदल्दै उनको फिल्म यो वर्ष फ्लप हुने फिल्मको सूचीमा पर्‍यो ।

 रिलिजको पहिलो दिन १० दशमलव २५ करोड ओपनिङ गरेको फिल्म हरेक दिन बक्स अफिसमा गिर्दो अवस्थामा रह्यो । रिलिजको ६ दिनसम्म रणवीर र सञ्जय दत्तको फिल्मले ४० करोडको आंकडा पनि पार गरेको छैन । फिल्म विश्लेषकहरूले ठूलो ब्यानरको फिल्म किन फ्लप भयो भनेर यसका ६ कारणको पहिचान गरेका छन् ।

कमजोर ट्रेलर

फिल्म ‘शमशेरा’ फ्लप हुन्छ भन्ने अनुमान २४ जुनमै लगाइएको थियो, जुन दिन फिल्मको ट्रेलर रिलिज भएको थियो । ट्रेलर रिलिजपछि फिल्ममा केवल संवादबाहेक अरू केही छैन भन्ने कुरा प्रस्ट भइसकेको थियो । वाणी कपुरले फिल्ममा कोल्ड शोल्डर टप लगाउनु अर्को मजाक बनेको थियो । सञ्जयको अनौठो तरिकाले संवाद बोल्ने शैलीलाई पनि सामाजिक सञ्जालमा मजाकको विषय बनाइएको थियो । समग्रमा ट्रेलरले दर्शकलाई हलमा तान्न असफल रह्यो ।

रणवीरको इमेज

पहिलो फिल्म ‘सावरिया’ बाट रणवीरको इमेज एक लभर ब्वाइवाला बनेको छ । ‘रकस्टार’, ‘वेक अप सिड’, ‘ये जवानी है दिवानी’ जस्ता फिल्मको सफलताले उनको इमेजलाई अझ मजबुत बनायो । यस्तो अवस्थामा चार वर्षपछि कमब्याक गरेको फिल्मले उनलाई डकैत बनाएको छ भने फ्यानको सोचाइ कस्तो रहला । दर्शकले यही कारण उनको यो लुक्सलाई स्वीकार गर्न सकेनन् ।

कमजोर संगीत

फिल्ममा कुनै यस्तो गीत छैन, जुन गीत दर्शकले हलबाट बाहिर निस्किएपछि सम्झिरहुन् । संगीतकार मिथुनले यति ठूलो फिल्म कहिल्यै गरेका थिएनन्, जसकारण उनले फिल्मका लागि एउटा पनि हिट गीत दिन सकेनन् । यसलाई पनि फिल्मको एउटा कमजोर पक्ष मानिएको छ ।

कथामा अलमल

फिल्ममा सञ्जय दत्तलाई भिलेनका रूपमा देखाइएको छ । यसअघि पनि दर्शकले उनलाई ‘अग्निपथ’ र ‘केजीएफ २’ जस्ता फिल्ममा भिलेनको रूपमा देखिसकेका छन् । दर्शकले उनको चरित्रलाई नयाँ बोतलमा पुरानो रक्सी जस्तो माने र उनलाई अस्वीकार गरे ।

केजीएफ २ सँग तुलना

फिल्मका लागि सबैभन्दा हानिकारक पक्ष नै ‘केजीएफ २’ सँग यसको तुलना गर्नु रह्यो । सामाजिक सञ्जालमा लगातार यसलाई लिएर बहस चल्यो कि यदि ‘शमशेरा’ ‘केजीएफ २’ भन्दा अघि रिलिज भएको भए यो हिट हुने सम्भावना बढी थियो । यशसँग रणवीरको तुलना हुन थाल्यो, जुन नै ठूलो भूल बन्यो ।

विवाद

फिल्मको फस्टलुक सार्वजनिक हुनासाथ यो विवादमा तानियो । समाजका विशेष वर्गले सञ्जयको लुक्स र उनले निधारमा लगाएको टीकालाई लिएर विरोध जनाए । सामाजिक सञ्जालमा फिल्म बहिस्कारको अभियान नै चल्यो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ४ : २५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर