किसानलाई बाँदर धपाउने मेसिन वितरण « Khabarhub

किसानलाई बाँदर धपाउने मेसिन वितरण


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटेहाङ गाउँपालिका–४ बडकादियाले र वडा नम्बार ७ खोटाङबजारका किसानलाई बाँदर धपाउने मेसिन वितरण गरिएको छ । बाँदरले अन्नबाली सखाप पार्न थालेपछि वडा कार्यालयले युपिभिसी पाइपबाट निर्माण गरिएको बन्दुककोजस्तो ठूलो आवाज आउने उपकरण खरिद गरेर वितरण गरेको हो ।

बिहीबार बडकादियालेका १० जना र खोटाङबजारका १० किसानलाई पड्काएर बाँदर धपाउने उपकरण वितरण गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिगोटा दुई हजार आठ सयका दरले खरिद गरेर ल्याएको खोटाङबजारका वडाध्यक्ष शिव फुँयालले बताए । 

आवश्यकताको आधारमा किसानले प्रयोग गर्न पाउनेगरी वडाका १० वटा टोल सुधार समितिलाई मेसिन प्रदान गरिएको हो । मेसिनसँगै सय पटक पड्काउन पुग्ने कच्चा पदार्थ पनि दिइएको छ । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली बाँदरले सखाप बनाउँदा जिल्लाका किसान आजित बनिरहेका छन् । 

बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्‍याउने भन्दै खुसीनगर उत्तरप्रदेशका पेसेवार शिकारी प्रयोग गरेर गत २०७५ साल फागुन ७ गतेदेखि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानमा ‘बाँदर समाऔं’ अभियान सञ्चालन गरिएको थियो । 

यद्यपि, निकुञ्जमा लैजान अगावै समातेर राखेको बाँदर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानूनी प्रावधानले जटिलता आइपरेको थियो । बाँदर समात्दा पशु अधिकारकर्मीले आवाज उठाएका कारण बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिले बाँदरलाई खोरमा थुन्ने, परिवार नियोजन गर्नुपर्ने लगायतका आवाज उठाउँदै आएका छन् । 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ३ : २६ बजे

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना