रूसी सेनाद्वारा युक्रेनको राजधानी किभ नजिकैको क्षेत्रमा आक्रमण « Khabarhub

रूसी सेनाद्वारा युक्रेनको राजधानी किभ नजिकैको क्षेत्रमा आक्रमण


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रूसी सेनाले युक्रेनको राजधानी किभ नजिकैको चेर्निहिभ क्षेत्रमा आक्रमण गरेको छ । रुसी फौजले सो क्षेत्रमा विशाल एवम् शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनले देशको दक्षिण भागमा कब्जा गरिएका क्षेत्रलाई मुक्त गर्न कारवाही जारी राखेका बेला रूसी आक्रमण भएको हो । व्यासगोरोड जिल्लाका धेरै स्थानमा आज बिहानै गरिएको क्षेप्यास्त्र प्रहारबाट भएको हताहतीको स्पष्ट विवरण प्राप्त भएको छैन ।

चेर्निहिभका गभर्नर भियाचिस्लाभ चाउसले बेलारुसको क्षेत्रबाट होनचारिभस्का गाउँमा धेरै क्षेप्यास्त्रहरू प्रहार गरिएको जानकारी दिएका छन् ।

युक्रेनी अधिकारीहरूले रूसका योजना आफ्ना सैनिकले चकनाचुर पारेका र अन्तिम समयसम्म लडिरहने बताएका छन् । यसअघि पनि किभ र चेर्निहिभ क्षेत्र कब्जा गर्न असफल भएपछि रूसी सेना पछि हटेका थिए ।

रुसी आक्रमणका क्रममा युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पनि गोलाबारीको चपेटामा परेको छ । यता युक्रेनी सेनाले कब्जा गरेको दक्षिणी क्षेत्र खेरसनमा जवाफी हमला जारी राखेको छ ।

युक्रेनी सञ्चारमाध्यमले युक्रेनका राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचलाई उद्धृत गर्दै खेर्सनलाई मुक्त गर्ने अभियान सुरु भइसकेको जनाएका छन् । युक्रेनको राष्ट्रिय सुरक्षा एवम् रक्षा परिषद्का सचिव ओलेक्सी ड्यानिलोभले बुधबारको टेलिभिजनमा सम्बोधनमा प्रतिआक्रमणका लागि युक्रनी फौज सतर्क रहेको बताएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ७ : ०५ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई