चीनले कंगोका कोबाल्ट खानीमा ४० हजार बाल श्रमिकको प्रयोग गरिरहेको खुलासा « Khabarhub

चीनले कंगोका कोबाल्ट खानीमा ४० हजार बाल श्रमिकको प्रयोग गरिरहेको खुलासा


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकी मुलुक कंगोका खानीमा चीनले ४० हजार भन्दा धेरै बाल श्रमिकहरुको प्रयोग गरिरहेको तथ्य पत्ता लागेको छ ।

अमेरिकी कंग्रेसको सुनुवाईका क्रममा प्रत्यक्षदर्शीहरुले चीनले कंगोका कोबाल्ट खानीहरुमा ४० हजार भन्दा धेरै बाल श्रमिकको प्रयोग गरेको बयान दिएका हुन् ।

प्रजातान्त्रिक गणतन्त्र कंगोका नागरिक अधिवक्ता हेर्भे डियाकिसे क्युङ्गुले ‘प्रजातान्त्रिक गणतन्त्र कंगोमा बाल श्रम र मानव अधिकार उल्लङ्घन’ विषयक सुनुवाईका क्रममा तथ्य सार्वजनिक गरेका हुन् ।

क्याथोलिक न्युज एजेन्सीमा लेख्दै जेल्दा क्लाडवेलले विद्युतीय उपकरण एवम् विद्युतीय सवारीमा प्रयोग हुने कोबाल्ट नामक खनिज पदार्थ रहेका खानीमा चीनले बालबालिकाहरुलाई निकृष्ट श्रममा लाग्न बाध्य पारेको जनाएकी छिन् ।

‘तस्करी गरेर ल्याइएका कामदार र बाल श्रमिकको भरमा प्रजातान्त्रिक गणतन्त्र कंगोका कोबाल्टको स्रोतलाई चीनले शोषण गरिरहेको छ ।’ अमेरिकाको न्यू जर्सी राज्यका तर्फबाट रिपब्लिकन प्रतिनिधि क्रिस्टोफर स्मिथले भने ।

ब्याट्रीका कोबाल्ट र सौर्य प्यानलका लागि लिथियम प्राप्त गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको प्रयासले अनुमानित ४० हजार बालबालिकालाई जोखिमपूर्ण श्रममा धकेलेको उनको भनाइ छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोले विश्वको ७० प्रतिशत कोबाल्ट उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ८ : २५ बजे

सर्लाही-४ मा रोकिएको मतदान सुचारु

काठमाडौं– सीडीओ र प्रहरी प्रमुख त्यहीँ बसेपछि सर्लाही ४ मा

यो चुनाव जित्नेलाई जितुका चार कुरा !

काठमाडौं – कलाकार जितु नेपालले मतदान गरेपछि यो चुनावबाट सरकारमा

दुवै पूर्वराष्ट्रपतिले खसाले मत

काठमाडौं– मुलुकका दुई मात्रै पूर्वराष्ट्रपतिहरूले मतदान गरेका छन् । प्रतिनिधिसभाको

नायिकाहरूले गरे मतदान

काठमाडौं – नायिकाहरू रेखा थापा, केकी अधिकारी, नीता ढुंगाना, ऋचा

निर्वाचनको दिन पनि हेलिकप्टर फर्काएर चर्चा बटुले बालेनले

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका दिन पनि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता