चीनले कंगोका कोबाल्ट खानीमा ४० हजार बाल श्रमिकको प्रयोग गरिरहेको खुलासा « Khabarhub

चीनले कंगोका कोबाल्ट खानीमा ४० हजार बाल श्रमिकको प्रयोग गरिरहेको खुलासा


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकी मुलुक कंगोका खानीमा चीनले ४० हजार भन्दा धेरै बाल श्रमिकहरुको प्रयोग गरिरहेको तथ्य पत्ता लागेको छ ।

अमेरिकी कंग्रेसको सुनुवाईका क्रममा प्रत्यक्षदर्शीहरुले चीनले कंगोका कोबाल्ट खानीहरुमा ४० हजार भन्दा धेरै बाल श्रमिकको प्रयोग गरेको बयान दिएका हुन् ।

प्रजातान्त्रिक गणतन्त्र कंगोका नागरिक अधिवक्ता हेर्भे डियाकिसे क्युङ्गुले ‘प्रजातान्त्रिक गणतन्त्र कंगोमा बाल श्रम र मानव अधिकार उल्लङ्घन’ विषयक सुनुवाईका क्रममा तथ्य सार्वजनिक गरेका हुन् ।

क्याथोलिक न्युज एजेन्सीमा लेख्दै जेल्दा क्लाडवेलले विद्युतीय उपकरण एवम् विद्युतीय सवारीमा प्रयोग हुने कोबाल्ट नामक खनिज पदार्थ रहेका खानीमा चीनले बालबालिकाहरुलाई निकृष्ट श्रममा लाग्न बाध्य पारेको जनाएकी छिन् ।

‘तस्करी गरेर ल्याइएका कामदार र बाल श्रमिकको भरमा प्रजातान्त्रिक गणतन्त्र कंगोका कोबाल्टको स्रोतलाई चीनले शोषण गरिरहेको छ ।’ अमेरिकाको न्यू जर्सी राज्यका तर्फबाट रिपब्लिकन प्रतिनिधि क्रिस्टोफर स्मिथले भने ।

ब्याट्रीका कोबाल्ट र सौर्य प्यानलका लागि लिथियम प्राप्त गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको प्रयासले अनुमानित ४० हजार बालबालिकालाई जोखिमपूर्ण श्रममा धकेलेको उनको भनाइ छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोले विश्वको ७० प्रतिशत कोबाल्ट उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ८ : २५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा